काभ्रे । जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ स्थित नारायणस्थानमा प्रथम ३ नम्बर प्रदेश स्तरीय मुव थाई प्रतियोगिता सम्पन्न भएको छ । गत फागुन ३ र ४ गते गरि दुई दिनसम्म चलेको उक्त प्रतियोगिताको उद्घाटन तेमाल गाउँपालिकाको अध्यक्ष सलाम सिँ तामाङले गरेका थिए ।
कार्यक्रमको विशिष्ट अतिथिमा नेपाल रास्ट्रिय मुवा थाई संघका अध्यक्ष गणेश लाल कक्षपति तथा तेमाल गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङ को रहेको थिए । प्रतियोगितामा ४० जना खेलाडीहरुले भाग लिएका थिए ।

प्रतियोगितामा विजेताहरुको विवरण यस्तो छः
५२ केजि तौल समूह पुरुषमा प्रथम स्थान चितवन मुवा थाई क्लबका सुनिल चौधरी, केन्द्रिय मुवा थाई क्लबका द्वितीय सुरज माझी र तेस्रोमा कबिन देशार बज्र बाराही मुवा थाइ क्लब र सुर्य श्रेष्ठ काभ्रे जिल्ला मुवा थाई क्लबले हात पारेका छन् ।
त्यसैगरि ५७ केजि तौल समूहमा प्रथम स्थान हासिल गर्न बरुण घले गुरुङ केन्द्रिय मुवा थाई क्लबले हात पारेका छन् भने द्वितीय स्थान राहुल श्रेष्ठ काभ्रे जिल्ला मुवा थाई क्लब, तेस्रो हुन सफल सुबास लिम्बू काभ्रे जिल्ला मुवा थाई क्लब र सुमित महतो चितवन मुवा थाई क्लबले हात पारेका छन् ।

महिला ५१ केजिमा प्रथम शर्मिला लामा मोक्तान काभ्रे जिल्ला मुवा थाई क्लब, द्वितीय डेनिसा राई केन्द्रिय मुवा थाई क्लब भएका छन् । त्यस्तै ६५ केजि तौल समुहमा प्रथम बिबेक गडाल केन्द्रिय मुवा थाई क्लब, द्वितीय बिजय लामा, केन्द्रिय मुवा थाई क्लब र तेस्रो हुन सफल जेनिश कर्मचार्य चितवन मुवा थाई क्लब रहेका छन् ।
प्रतियोगितामा प्रथम हुन सफल पुरुष ५२ केजि र ५७ केजि तौल समुहको सम्पुर्ण खेलाडी हरुलाई रु. १५ हजार नगद र द्वितीय हुन सफल ५२ केजि र ५७ केजि तौल समुहको सम्पुर्ण खेलाडीहरुलाई १० हजार नगद र तेस्रो हुन सफल ५२ केजि र ५७ केजि तौल समुहको सम्पुर्ण खेलाडीहरुलाई ५।५ हजार रुपैया नगद पुरस्कार सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसै गरि महिला ५१ केजिमा प्रथम हुन सफल खेलाडीलाई १५ हजार तथा द्वितीय हुन सफल लाई १० हजार नगद पुरस्कार तथा प्रमाणपत्र मेडल प्रदान गरिउको थियो ।
त्यसैगरि ६५ केजि तौल समुहको प्रथम हुन सफल खेलाडिलाई नगद पुरस्कार ५ हजार नगद सहित मेडल र प्रमाणपत्र त्यसै गरि द्वितीय हुन सफल खेलाडी लाई ३ हजार नगद पुरस्कार सहित मेडल प्रमाणपत्र र तेस्रो हुन सफल खेलाडी लाई नगद पुरस्कार २ हजार नगद सहित मेडल तथा प्रमाणपत्रको व्यवस्था थियो ।
प्रतियोगितमा सबै भन्दा उत्कृष्ट खेल कौशल प्रस्तुत गरि वेष्ट फाइटर भएका बिजय लामा (केन्द्रिय मुवा थाई क्लब) ले नगद पुरस्कार ५ हजार प्राप्त गरेका छन् ।

प्रतियोगितामा मीन बहादुर गुरुङ, प्रताप सिं लामा, उत्तम गुरुङ, अनुप ढुंगेल, धन कृष्ण श्रेष्ठ, गुणराज रुचाल, बज्र लामाले रेफ्रीको भूमिका खेलेका थिए ।समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङ, विशेष अतिथि नेपाल रास्ट्रीय मुवा थाई संघका अध्यक्ष गणेश लाल कक्षपति, तेमाल गाउँपालिकाका प्रबक्ता तथा वडा नंम्बर ७ का वडाध्यक्ष ज्ञान बहादुर तामाङ, वडा नंम्बर ३ का वडाध्यक्ष बिष्णु बहादुर तामाङ लगायतले खेलकोरबारेमा चर्चा गर्दै मन्तव्य राखेका थिए ।
कार्यक्रममा काभ्रे जिल्ला मुवा थाई संघका तर्फबाट कोषाध्यक्ष बिष्णु माया पुलामि मगरले स्वागत गरेका थिए भने सभाध्यक्ष बज्र लामाले गरेको थिए ।
























