तेमालको च्युखामा बालुवा उत्खनन् विवाद

तेमाल । काभ्रेको तेमाल गाउँपालिका वडा नं. ३ चुखावेसी र वडा नं. ३ को चिउरी आँपबगरमा बालुवा उत्खनन् विवाद चुलिएको छ । स्थानीय र टेन्डरवाला (व्यवसायी) बीचमा सहमति जुट्न नसकेकपछि विवाद चुलिएको हो ।

यसै सन्दर्भमा आज (मंगलबार) व्यवसायी सत्यमान लामाले एक पत्रकार सम्मेलन गरि आफ्नो लगानीको सुरक्षा गरि काम गर्ने वातावरण बनाउन स्थानीय सरकार र सरोकारवालाहरुसँग अनुरोध गरेका छन् ।

तेमालको च्युखामा बालुवा उत्खनन् विवाद

तेमाल गाउँपालिकाले मिति २०७५ साल मंसिर ८ गते राष्ट्रिय दैनिक पत्रिका अन्नपूर्ण पोष्टमा निकालिएको बालुवा, ग्रावेल एवं बिक्रि शुल्क संकलन गर्नको लागि टेण्डर निकालिएको थियो । तेमाल गाउँपालिका वडा नं. २ को चुखावेंसी बगर र तेमाल गाउँपालिका वडा नं. ३ चिउरी आँप बगरको बालुवा, ग्रावेल संकल एवं विक्रि शुल्क संकलन गर्नका लागि तेमाल गाउँपालिकासँग मिति २०७५ साल माघ ६ गते देखि काम गर्नका लागि पहिलो पक्ष तेमाल गाउँपालिका र लामाको कम्पनी बीचमा संझौता भएको लामाले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

व्यवसायी लामाका अनुसार स्थानीय केही व्यक्तिहरुले विना लगानी शेयर मागेको र नदिएकोले काममा अबरोध गरेको दुखेसो पोखे । ‘अहिलेको समयमा पनि केही विगतमा बालुला अनाधिकृत रुपमा निकाल्ने केही व्यक्तिहरुले हामीलाई विना लगानी शेयर चाहियो भन्दै काम रोक्ने काम भएको छ ।’ लामाले भने, ‘कानूनी रुपमा नेपाल सरकारलाई फाइता हुने टेण्डरबाट काम गर्न खोज्दा केही व्यक्तहरुले काम नै अवरोध हुने तरिकाले अवरोध गरिहेकाछन् ।’

उनका अनुसार विना लगानी शेयर माग्ने स्थानीयहरुमा तेमाल गाउँपलिाका वडा नं. २ बस्नेत रेशम तामाङ, बुद्ध लामा, कृष्ण लामा र तेमाल गाउँपालिका वडा नं. ३ बस्ने चन्द्रमान लामा, प्रेम तामाङ, मेघबहादुर लामा र तेमाल गाउँपलिका वडा नं. ६ बस्ने डेनी भन्ने टेन्सन लामा लगायतका रहेको आरोप लगाएका छन् ।

‘उनीहरुले कानुनी प्रक्रियामा टेण्डरमा आएको हाम्रो कम्पनीका कामदारहरुलाई काम नै अवरोध गराउने र कामलाई नै रोक्ने काम भइरहेको अवगत गराउँदछु ।’ उनले भने, ‘कानुनी प्रक्रिया अनुसार काम गर्न खोजिएमा हामी जस्ता धेरै व्यवसायीहरुलाई यस्ता विना लगानी, बलको तुजुक देखाएर तर्साउन खोज्ने व्यक्तिहरुलाई छिटोभन्दा छिटो कानुनी प्रक्रियामा लगेर कार्वाही गर्नका लागि पनि सम्बन्धित निकायसँग जोडदार माग गर्दछु ।’ गुण्डागर्दी शैलीमा शेयर माग गर्न खोज्नेहरुलाई हदैसम्मको कार्वाही हुनुपर्ने उनको तर्क छ ।

‘मापदण्ड विपरित उत्खनन् भएकोले हाम्रो विरोध’ -स्थानीय

यता स्थानीय रेशम तामाङले व्यवसायी लामाको समूहले मापदण्ड विपरित बालुवा उत्खनन् गरेको विरोध गरेको बताए । तामाङले तेमाल गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्ष समेत व्यवसायीहरुले किनेको आरोप लगाए ।

‘उनीरुले गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष समेत किनेको रहेछ ।’ उनले भने, ‘तर जनता किन्न उनीहरुले सक्दैनन् ।’

स्थानीय तामाङका अनुसार गाउँपालिकाले १ करोड ४९ लाख ८१ हजारको टेन्डर आव्हान गरेकोमा व्यवसायीहरुसँग भने ८३ लाखमा माात्र सम्झौता गरेकोले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षलाई व्यवसायी लामा समूहले किनेको प्रमाणित भएको उनको आरोप छ ।

त्यस स्थानमा बालुवा मापदण्ड विपरित उत्खनन् गरे दैनिक रुपमा चल्ने सडक विक्रिनुका साथै नजिकको घरहरुसमेतलाई क्षति पुग्ने स्थानीयको भनाई छ ।

त्यसैगरि तामाङका अनुसार संझौतमा ९७ सेमी गहिराई खन्नुपर्ने प्राब्धन भएपनि मिटर गहिराई खनेकोले पनि स्थानीय विरोध रहेको बताइएको छ । । कानुन बमोजिम नहिडेकोले ।

यस अघि स्थानीयले गृहमन्त्रालय, जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला प्रहरी कार्यालय, काभ्रे, तेमाल गाउँपालिका, वडा कार्यालयहरुमा समेत बालुवा उत्खनन् रोक्न निवेदन दिइसकेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।