तामाङ समाज जापानको आयोजनामा ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न

जापान । नेपाल तामाङ समाज, जापानको आयोजनामा तामाङ जातिको साँस्कृतिक पर्वको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न नभएको छ । २८५५ औं फाग ल्हो (सुंगुर वर्ष) सोनाम ल्होछारको उपलक्ष्यमा टोक्योको मेगुरो कुमिन सेन्टरमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।

‘सोनाम ल्होछारको प्रवर्द्धन हाम्रो साँस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक अधिकार’ भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रमको उद्घाटन अन्तर्रा्िष्ट्रय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामाले गरेका थिए ।

कार्यक्रममा शुभकमना मन्तव्य राख्दै बरिष्ठ उपाध्यक्ष लामाले ल्होछार तामाङ जातिको नयाँ वर्ष तामाङको मात्र नभएर राष्ट्रिय पर्वको रुपमा सुचिकृत गरेकाले सबै नेपालीका पर्व भएको बताउँदै ल्होछारलाई राष्ट्रिय पर्वको रुपमा मनाउने वातावरणको सिर्जना गर्न राज्यसँग माग गरे ।

नेपाल आदिवासी जनजाती महासंघ जापानका अध्यक्ष सुमन लिम्वुले ल्होछारको बिदा कटौती गरेर राज्यले आदिवासी जनजातिको अधिकार हनन गरेका बताए । लिम्वुले तामाङ जातिहरुको एकता, भेषभूषा र पहिरनले तामाङको पहिचान झल्केको भन्दै प्रसंशा समेत गरे ।

कार्यक्रममा समाजका सल्लाहकार तथा निक्को जापानीज भाषा स्कुलका प्रिन्सिपल हवलचन्द्र लामा, कर्मवाङ्गेल लामा, नेपाल पत्रकार महासंघका जापानका अध्यक्ष मोहन घले, थकाली समाज जापानका अध्यक्ष बुद्धि गौचन, नेपाल व्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, नेपाल मगर संघ जापानका अध्यक्ष रीत रानामगर, तमुधीँ जापानका अध्यक्ष अनिता गुरुङ, शेर्पा संघ जापानका अध्यक्ष छेवाङजङ्वु लामा, किराँत याकथुङ चुम्लुङ जापानका अध्यक्ष विजया सुब्बा लिम्बु, जनप्रगतिशील मन्च जापानका पूर्वाध्यक्ष वेलुकाजी थापा, एनआरएन आइसिसीका सदस्य ओम गुरुङ, एनआरएन जापानका भाइस प्रेसिडेन्ट शिवप्रसाद पौडेल, दोलखा समाज जापानका अध्यक्ष नबराज थापा, काभ्रेली समाज जापानका अध्यक्ष समिर घिसिङ, कलाकार संघ जापानका अध्यक्ष टाशी लामा, नमस्ते निहोन समूह जापानका अध्यक्ष गणेशकुमार खड्का, धादिङ समाज जापानका अध्यक्ष कृष्ण खनाल, संघीय समाजवादी फोरम जापानका अध्यक्ष पेम्बा शेर्पा, जनसम्पर्क समिति जापानका सभापति रोशन केशी, नेपाली प्रबासी मंच जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ, रामेछाप समाज जापानका अध्यक्ष उत्तम श्रेष्ठल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा गायक रोज मोक्तानको प्रस्तुतिसँगै कलाकारहरु कर्म दोङ, आरके स्याङतान, राजीव गोल, सुरेश तामाङ र प्रीति तितुङले नृत्य प्रस्तुत गरेका थिए । उनीहरुको प्रस्तुतिले संगीतमय ल्होछार बनाएका थिए । कार्यक्रम समाजका अध्यक्ष कुमार मोक्तानको सभापतित्व र महासचिव हिमाल लामा वाइबाले र बलराम तामाङले सञ्चालन गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।