श्याम ङेसुर तामाङ
कतार । कतारमा पुगेका नेपालीहरुको साझा संस्था प्रावसी तामाङ समाज कतारको आठौं अधिबेशन यहि आउँदो सन २०१९ अप्रील २६ तारिख ( १२ चैत्र २०७५) का दिन हुने भएको छ ।

आजभन्दा १४ वर्ष अघि स्थापना भएको समाजको अघिवेशन ‘तामाङ जातिको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढिकरण’ भन्ने मुल नाराका साथ हुन लागेको हो । अघिवेशनको तीब्र तयारी भइरहेको समाजका अध्यक्ष तीर्थ तामाङले बताए ।

अधिवेशन सम्पन्न गर्नका युवा बौद्धिक ब्यक्तित्व तथा समाजसेवी शङखलाल तामाङको संयोकत्वमा संयोजन समिति समेत गठन गरेको अध्यक्ष तामाङले बताए ।

समितिमा सुकबहादुर तामाङ, तिर्थ थिङ तामाङ, तेज मोक्तान, माईला वाईबा, सुन्दर तामाङ, रोशन दोङ, सुवास तामाङ, कुमार ओख्रेली, नरबहादुर तामाङ, कान्छाराम तामाङ, आशिष तामाङ, गौतम तामाङ, मीना तामाङ, नेत्रकुमार तामाङ, हर्कबहादुर तामाङ, मोईराम तामाङ, संगीता तामाङ, संजय पाख्रीन, प्रेम घिसिङ, रबिन्द्र तामाङ, सुनिल तामाङ, सबिन लामा, बाबू योन्जन, पूर्ण्सिंह तामाङ, गुर्व लामा, धिरेन तामाङ, विजय तामाङ, पासाङ मोक्तान, अस्मिता घिसिङ, प्रकाश तामाङ, अशोक सिंतान, सबिना तामाङ, ललित तामाङ, सन्तोष फ्युबा, कुमारी बम्जन, संगीता तामाङ, सिर्चेन तामाङ, अशोक बल, ईश्वर तामाङ, लक्ष्मण बम्जन तामाङ रहेको छ ।

समाजले वैदेशिक रोजगारको सिल सिलामा कतारमा कार्यरत तामाङको चौतर्फी विकासका लागि, आपतबिपतमा परेका आर्थिक अभाबका ब्यक्तिको उपचारको लागि आर्थिक सहयोग, विभिन्न ब्यक्तित्वहरुलाई सम्मान, बधाई, स्वागत, बिदाई कार्यक्रम, शिक्षा, धर्म, ल्होछार, बिबिध कार्यक्रम, स्मारिका प्रकाशन, कतारमा रहेका तामाङहरु सम्मिलित नेपाल प्रवासी तामाङ समाज कतारको संयोजकत्वमा ब्यवासायिक मार्ट छिमेकी मार्टको समेत नेपालको राजधानी काठमाडौको कपन, सरस्वती नगर, जोरपाटी लगायतका स्थानमा मार्टको स्थापना गर्दै आएको यस समाजको भब्य रुपमा आठौं अधिबेशन हुन लागेको हो ।

तामाङ समुदायमा प्रवासमा स्थापित तामाङ सामाजिक जातिय संस्थामा नेपाल प्रवासी तामाङ समाज कतारको सक्रियता अग्रपङतिमा छ, कतारमा मात्र नभै नेपालमा पनि तामाङ समुदायमा विभिन्न कार्य गर्दै तामाङ जातिको हितमा उल्लेख्य कार्य गर्दै आईरहेको छ भने समाजका बरिष्ठ उपाध्यक्ष तेज मोक्तान तामाङले समाजको नयाँ सदस्यता लिन तथा पुरानो सदस्यता नविकरण गर्न, गराउन कतारमा रहनु भएका तामाङलाई अनुरोध समेत गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।