साइप्रस । तमु समाज साइप्रसले मृगौला पिडित शन्ता गुरुङलाई आर्थिक सहयोग गरेको छ । गोरखा जिल्ला, सिरानचोक गाउँपालिका वडा नं. २ आलाजुङकी गुरुङ विगत एक वर्षदेखि दुबै मृगौला रोगले पिडित छिन् । पिडित गुरुङलाई समाजले रु.५५ हजार २ सय ७४ रुपैया सहयोग गरेको हो ।
शिक्षण अस्पताल ,महाराजगन्जकी डा.प्रतिभा श्रेष्ठका अनुसार मृगौला पीडित गुरुङको मृगौला रोगको उपचारको लागि लामो समयसम्म डायलायसिस या मृगौला प्रत्यारोपण गर्न अति खर्चिलो भएको जनाएका छन् ।
मृगौला पिडित गुरुङको उपचारको लागि आर्थिक अभाब भएपछि तमु समाज साईप्रसका सावित्री गुरुङको सक्रियतामा संकलन गरेर पठाएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























