भक्तपुर ।
“बैंशालु जोवन देखेर हो कि, मै मोरी राम्री देखेर हो,
च्याङवाले साह्रै सताउँछ, कहिले त मायाले फकाउँछ ।।
च्याङवा त डम्फुरेरे, नमाने मोहनी लाउँछु रे ।।”
भन्दै मोनिका मोक्तानको तामाङ सेलो बजारमा आएको छ ।
दोलखाको चोथाङमा जन्मिएकी मोक्तानले यस अघि चौंरी चर्ने र म्लाङगाई ग्राम्बा वाला ताजिम बोलको गीत गाएकी थिइन ।
गीत संगीत क्षेत्रलाई निरन्तरता दिदै तेस्रो एल्वमका रुपमा उनले बैंसालु जोवन बजारमा ल्याएकी छन् ।
डम्फु मिडिया प्रालिले निर्माण गरेको भिडियोका साथमा उक्त सेलो बजारमा आएको हो ।
भिडियो निर्देशन तथा मोडल अमिर दोङले गरेका छन । उक्त भिडियो दोलखाको मनोरम स्थल कालिन्चोक र खरिढुङगाका मनमोहक दृष्य देख्न सकिन्छ ।
हस्त लामा (हार्दिक)को शव्द ,मोनिका मोक्तानको स्वर रहेको यस सेलोमा विशाल काल्तानको संगित, दिपेश प्रधानको एरेन्ज रहेको छ ।
सेलोमा तामाङ कलाकारिताका ससक्त अभिनेता अमिर दोङका साथमा मोनिका मोक्तान र निराञ्जली लामालाई हामी देख्न सक्छौं ।
तामाङ कलाकार संघका अध्यक्ष सन्जिब वाइबाको प्रमुख आतिथ्यतामा, महासचिव विश्व दोङ, संजिब वाइबा, बिशाल कल्तान लगायतको उपस्थितीमा सो सेलोकोे म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।
























