भक्तपुुर । तामाङ चलचित्र ङ्हो (भाग्य)को बैशाख ७ शनिबार विशेष प्रदर्शन हुने भएको छ ।
निर्माण पक्षले चलचित्रको सम्पूर्ण कार्य सम्पन्न भएको जनाउँदै आउँदो बैशाख ७ गते शनिवार उक्त चलचित्र काठमाण्डौंको राष्ट्रिय सभागृहमा प्रदर्शन गर्ने तरखरमा रहेको जानकारी दिएका छन् ।
चलचित्र ङ्होमा समुदायमा रहेका तामाङका थर हरुमाथी स्वाँगेभाई सहअस्तित्व र कुटुम्ब साइनो बीच अज्ञानता र दुविधाको विषयवस्तुलाई जोडेर निर्माण गरिएको चलचित्र तामाङ जात जातीको आफ्नो परम्परागत संस्कृतिको जगर्नेका विषयमा रहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रका निर्देशक भुवन स्याङ्बो तामाङका अनुसार उक्त चलचित्रका माध्यमबाट हाल समाजमा विध्यमान जातीको विषयमा भएका समस्या र आगामी दिनमा पर्न सक्ने उल्झनलाई मध्यनजगर गर्दै चलचित्र निर्माण भएको जानकारी दिनुभयो ।
तामाङ चलचित्रका थालनी कर्ता बरिष्ठ अभिनेता जयनन्द लामाले चलचित्रमार्फत आफ्नो मौलिकता उक्त चलचित्रले प्रस्तुती गरेको जनाउँदै यसले पछिल्लो पुस्तालागि मार्गनिर्देशन समेत गर्ने जनाउनुभयो ।
बहुप्रतिक्षित उक्त चलचित्रको विषयमा तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले नेपालमा आफ्नो समुदायका धेरै चलचित्र बने पनि चलचित्र मन्दिरहरुमा प्रर्दशन नहुँदा सवैको पहुँचमा चलचित्र नपुगेको गुनासो गर्नुभयो । उहाँले तामाङहरुको धर्म जाती तथा परम्परामा निर्माण भएको ङ्हो लगायत अन्य चलचित्रहरुलार्य हल सम्म चल्ने वातावरण मिलाउन आफू लागि पर्ने बतानुभयो ।
चलचित्रको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा तामाङ कलाकास संघका अध्यक्ष सञ्जीब बाईवा, नायिका चाँदनी मोक्तान, नायक तथा कथाकार ऋतुराज पाख्रिन , नायक दावा फिन्जो लामा लगायतका महानुभावले तामाङ चलचित्रका माध्यमबाट समाजमा कुरितिको अन्त्य गर्दै विभिन्न बदलाव आएको बताउनुभएको थियो ।
फापरे फिल्मस् प्रालिको तेस्रो प्रस्तुतिमा बनेको चलचित्रको निर्माता सुनिमाया तामाङ हुन् । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने भाषालाई चलचित्रमा प्रयोग गरिएका नव नायक किसमान तामाङले जानकारी दिनुभयो ।
चलचित्रको विषयमा भएको पत्रकार सम्मेलनमा उक्त चलचित्रको कादे ज्याबा ह्याङ्ला माया‘. बोलको गीत समेत सार्वजनिक गरिएको थियो ।
गीतमा फुलकुमार बम्जनको शब्द, टीका बम्जनको संगीत र स्वरमा जितु लोप्चनको पनि साथ रहेको उक्त गीत त्रिकोर्णत्मक कथाबस्तुलाई झल्काउने किसिमको रहेको छ ।
चलत्रिमा धादिङको गंगाजमुना गाउँपालिका, लताव, धुसेनी, तावल, काठमाडौंका केही भाग र सिन्धुपाल्चोकको गुफाडाँडा लगायतका सुन्दर स्थानमाहरुको दृष्याबलोकन गर्न सकिन्छ ।
























