भक्तपुर । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यलय रसुवाको आयोजनमा २८५५ औं सोनाम ल्होछार (फाग्) ल्होछारको अवसरमा हुन् लागेको वृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँ पालिका वाड ५ श्याफ्रु बेशीमा आगामी फागुन १५ गते हुन् लागेको बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छन् ।
तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यतामा हुन् लागेको उक्त साँस्कृतिक कार्यक्रम विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती राख्नुहुने राष्ट्रिय संगीतकर्मी संघ रसुवाका अध्यक्ष तथा नायक दावा फिन्जो तामाङले जानकारी दिनु भएको छ ।
रसुवाका तामाङ समुदायमा प्रसिद्ध टुङ्ना, म्हेन्दोमाया नाँच, र बोन्पो नाँच आदिको प्रस्तुतिका साथै विभिन्न कलाकारहरुले आधुनिक लोक तथा साँस्कृतिक प्रस्तुति राख्नुहुने उहाँले जानकारी दिनुभयो ।
दर्शकहरुलाई विभिन्न विधामा मनोरञ्जन गराउने उद्देश्यका साथ आयोजना हुन् लागेको उक्त बृहत ल्होछार कार्यक्रममा स्थानीय कलाकारहरुलाई विशेषगरी प्राथमिकता साथै जिल्ला भरका कलाकारहरु अनि केन्द्रिय चर्चित कलाकारहरुको बेजोड प्रस्तुति र रसुवाको झाक्री नाँच अनि श्याब्रु नाँच जरायो नाँच ,नेपाल र तिब्बत बिच युद्ध पश्चात शान्ती सम्झौता भएको स्मरणमा नाचिने घोडा नाँच पनि प्रस्तुत हुने आयोजकले जनाएका छन् ।
वृहत साँस्कृतिक कार्यक्रममा आशा लामा, अमृत खाती, सोभा त्रिपाठ्ठी, स्मृति गौतम, सुमन घले, रिया घले,पा रङ्बा तामाङ, शिशिर थोकर तामाङ,आस्मन वाइबा तामाङ, श्याम माया गुरुङ, रोमन तामाङ, एथर थोकर तामाङ, प्रेमा तामाङ, मेन डोल्मा तामाङ, तेन्जिङ तामाङ, दिल कुमारी तामाङ, सपना तामाङ, सक्तिमान तामाङ, रोमेन छेमेन तामाङ, आदि बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।