धुलिखेल । पर्यटन नगरी धुलिखेलको बसपार्कमा आज (आइतबार) देखि व्याम्बो क्याफेको शुभारम्भ भएको छ ।  शुभारम्भ दिन देखि तीन दिन सम्म ग्राहकहरुलाई २० प्रतिशत छुट रहने जानकारी दिइएको छ ।

क्याफे लाई धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक व्याञ्जु श्रेष्ठले उद्घाटन गरी संचालनमा ल्याइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि व्याञ्जुले धुलिखेल एक पर्यटकीय नगरी भएकोले विदेशी पर्यटकलाई मिल्ने खालको वातावरण यहाँ पाइएकोल खुसी गरेका छन् ।

कार्यक्रमको अतिथिहरुमा विदेशी पाहुना टीटीएन इन्टरनेशनलका डाइरेक्टर ग्राम केयर सिदार्थ चिल्ड्रेन होमका अध्यक्ष सर्मिला श्रेष्ठ, लभ एण्ड होप नेपालका अध्यक्ष शम्भु शकर, पास्टर मोहन खड्गी, राष्ट्रिय गायक प्रमोद निरुवान, अधिवक्ता रामचन्द्र श्रेष्ठ, लगायतको उपस्थिती थियो ।

क्याफेका प्रोपाइटर नेत्र बरालका अनुसार त्यहाँ सफ्ट ड्रीङस मात्र पाइने तर हार्ड ड्रीङस पिउन र बेच्न नपाइएको जानकारी दिएका छन् ।

करिब २५ लाखको लगानीमा खोलिएको क्याफेले आागमी दिनमा यसको शाखा विस्तार गर्ने योजना रहेको बताए ।

Comments

comments