काठमाडौं । मिस तामाङ २०१९ को विजेता सुर्य विनायककी सरिता तामाङ भएकी छिन । काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार सम्पन्न मिस तामाङ ग्रान्ड फिनालेमा २२ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनले १२ औं संस्करणको ताज पहिरिएकी हुन् ।

उनलाई मिस तामाङ २०१८ की विजेता सिमरन स्याङ्बोले ताज पहिर्‍याइदिएकी हुन् । उनलाई नगद एक लाख ,सिल्बर क्राउन, र गिप्ट हेम्पर दिइएको छ ।

त्यसैगरी फस्ट रनरअप सबिना दोङ, सेकेन्ड रनरअप अप्सरा स्याङ्तान, थर्ड रनरअप कबिता योञ्जन र फोर्थ रनरअप लक्किसा स्याङ्बो भएका छन् । उनीहरूले क्रमशं नगद ५० हजार, २५ हजार र सिल्बर क्राउन, गिप्ट हेम्पर प्राप्त गरेका छन् ।

एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता पुर्व कानुन राज्यमन्त्री दिलमान पाख्रिनले गरेका थिए ।

कार्यक्रम संयोजक रन्जिता तामाङ व्लोनका अनुसार मिस तामाङ २०१९ मा कुनै धाधली नभएको बताएकी छिन् । कार्यक्रम सभ्य र भव्य भएकोमा खुसी व्यतm गदै आगामी दिनमा कार्यक्रम गर्न थप हौसला मिलेको तेमाल अनलाइनलाई बताईन । साथै आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने र तामाङ महिलाहरुको क्षमतालाई प्रफुस्टन गराउने प्रतिवदता जनाएकी छिन् ।

Comments

comments