काभ्रे । काभ्रेको कर्णाली भनी चिनिने खानी खोला गाउँपालिकामा वडा नं ७ मिल्चेमा २८५५ औं फाग् ल्हो सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले काठमाण्डौंको नजिक तर काभ्रे जिल्लाको कर्णाली भनेर चिनिने मिल्चेमा विजुली नहुनु लाजमर्दो भएको बताउनुभयो ।
कार्यक्रमबाट मिल्चेमा नेपाल लोडसेडिङ मुक्त भएको देश भनेर चिनाए पनि हाल सम्म राजधानीको छिमेकी जिल्लामा विद्युत नपुग्नु भनेको दुःख लाग्दो कुरा भएको उहाँले बताउनुभयो ।
उहाँले नेपालले आफुलाई बढि भएको विजुली भारत लगाएतका मुलुकलाई विक्री गर्ने हल्ला चलि रहँदा राजधानीको नजिकमा नै विजुली नपुग्नु लाजमर्दो कुरा भएको बताउनुभयो । उहाँले अव कुलमानजीले नेपाललाई लोडसेडिङ मुक्त मात्र हैन विजुली नपुगेका स्थानमा विजुली पुञ्याउने जिम्मेवारी पनि बहन गर्नुपर्ने बताउनुभयो ।

प्रमुख अतिथि विकु थोकरले उक्त स्थानमा निर्माण हुन लागेको गुम्बा र स्तुपाको निर्माणका लागि आवश्यक बजेट व्यक्तिगतरुपमा सकेको सहयोग गर्ने वचन समेत गर्नुभएको थियो ।

मिल्चेमा तामाङ उत्थान तथा हृमठीम संरक्षण समाजको आयोजनामा भएको उक्त बृहत साँस्कृतिक कार्यक्रम २०७५ मा कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति दिएका थिए । सांस्कृतिक कार्यक्रम हेर्न बेथानचोक गाउँपालिका लगाएत अन्य दर्शकहरु करिव ५ घन्टा सम्म हिँडेर आएका थिए ।
विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुले गाउँमा पहिलो पटक आफ्नो प्रस्तुति दिन आउने भने पछि गाउँमा ठुलो हर्सोउल्लास भएको खानीखोला गाउँपालिका का वडा अध्यक्ष छेत्र बहादुर तामाङ बताउनुुहुन्छ । उहाँका अनुसार कार्यक्रमको गाउँमा जति प्रचार भयो त्यो भन्दा बढि मानिस उपस्थिती भएको उहाँको भनाई थियो ।

कार्यक्रममा हाम्रो मिसन समृद्ध नेपालका अध्यक्ष सुदिन दोङ , महासचिव मिलन लामा दोङ, नेपाल तामाङ घेदुङ ३ नंं प्रदेशका सदस्य हरिचन्द्र लामा, सरस्वती मावि का प्रअ तथा नाङ्सल एशोसिएशनका अध्यक्ष राम बा ग्यावक लगाएत अन्य संघ संस्थाका प्रतिनिधिहरु विशिष्ठ अतिथि तथा अतिथि रहेका थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।