मिल्चे । खानी खोला गाउँपालिकामा वडा नं ७ मिल्चेमा २८५५ औं फाग् ल्हो सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमका अवसरमा उक्त स्थानका स्थानीय कलाकारहरुको प्रस्तुतिमा रमेका थिए ।
हाल सम्म विजुली अनी अन्य सुविधा नपुगेको उक्त स्थानमा आयोजित कार्यक्रममा स्थानीयहरु ५ घण्टा सम्मको पैदल यात्र तय गरि राती १० बजे सम्म रमेका थिए ।


प्रस्तुतिका क्रममा चर्चित गायक तथा संंगीतकार गीग विशाल काल्तनको ’म त गाऊँछु नी सेलोमा’ गीतको बोलको गाउँदा मिल्चेबासी खुलेर नाचे भने वान्स मोरको आवाज निरन्तर गुन्जी रह्यो । गायक विशाल काल्तनले दोहोर्यर गीत गाउनु परेको थियो ।
यसैगरी गायिका जितु लोप्चनलाई पनि त्यस्तै भयो । उनको ’धारसेला छामे म्योवा’ बोलको गीत सबैले रुचाए ।

प्रिया लामा र अन्य कलाकारहरुको प्रस्तुतिमा मिल्चेबासी रमेका थिए ।
नव गायक मदन घ्लानको प्रस्तुति पनि बेजोड रूचाइएको थियो । भने कार्यक्रमलाई सफल बनाउन साथ दिनुहुने सम्पुर्ण सहयोगीहरूलाई आयोजकले सम्मान गरेका थिए ।
राजधानीको छिमेकी जिल्ला तर दुर्गममा रहेको मिल्चेमा कलाकारहरुको प्रस्तुति रात दश बजे सम्म चल्दा पनि उक्त स्थानका बासिन्दालाई भने यो कम समय भएको जस्तो भएको उनीहरु बताउँछन् ।
अझ अलि समय रमाउने पाएको भए हुने भन्दै उनीहरु रात दश बजे पनि कलाकारहरुलाई आग्रह गरि रहेका थिए ।
आफू ५ घण्टा हिडेर कार्यक्रम स्थल आएपनि रातको दश बजे सम्म रमाउन पाउँदा पनि आफूहरुलाई यो समय अझ कम भएको अनुभव भएको उनीहरु बताउँदै थिए ।
गाउँपालिकाको उक्त स्थानमा यो पहिलो यस्तो कार्यक्रम थियो जसमा राष्ट्रिय कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए ।

Comments

comments