भक्तपुर । हालको अवस्थामा नारीलाई विभिन्न आरोप प्रतयारोप लगाउने गरिन्छ तर नारी माहान्ताको उदाहरणका रुपमा तामाङ चलचित्र ‘श्होङ’ निर्माण भएको छ ।
एक सच्चा चरित्रवान नारीको चरित्रको विषयमा निर्माण भएको उक्त चलचित्रलाई दर्शकहरुले अत्यधिक रुचाएका थिए ।
काठमाडौंको अष्ठनारायण हलमा च्यारीटि शो सम्पन्न भएको उक्त म्हेन्दोमाया चलचित्रलाई दर्शकहरुले अत्यधिक रुचाएका थिए ।


‘श्होङ’को अर्थ नासो हो । धादिङ, रसुवा, नुवाकोट म्हेन्दोमाया संस्कृतिको धरोहर क्षेत्र हो । यसैको आसपासमा उक्त चलचित्र निर्माण भएको छ ।
नेपाल तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर अष्ठनारायण हलमा पुग्दै चलचित्रको प्रसंशा गर्नुभएको थियो ।
धादिङ र नुवाकोटमा वाइवा राजाले चलाएको प्रणालीलाई ‘श्होङ’ चलचित्रको माध्यमबाट तामाङ समुदायलाई जस्ताको तस्तै बुझाउन खोजेको फिल्म हेरेपछि प्रष्ट भएको अध्यक्ष विकु थोकरले प्रतिक्रिया दिनुभयो ।
चलचित्रका नायक तथा निर्देशक अमिर दोङ, नायक राजकिंङ वाइवा, नायिका शुष्मा मोक्तान लगाएत कलाकारहरू तथा पत्रकारहरू चलचित्र हेर्न पुगेका थिए ।


चलचित्रमा नायिका एन्जिला वाईबा र रुप एस घलेको साथ नायक दोय आरम्भ तामाङ, सिंग बहादुरको साथ मर्नेन तामाङ, कान्छा लामा, तामाङ, गोम्बो घले, बिकल लामा, ए आर तामाङ, वाङ्जु वाईबा, कुशल थिङ, संगम ज्याक्सन, फुर्बा तामाङ लगायतका कलाकारहरुको बेजोड अभिनय हामी चलचित्रमा देख्न सक्छौं ।
सिंगबहादुर तामाङको कथा र संवाद रहेको चलचित्रलाई प्रेम तामाङ र अनमोल तामाङले निर्माण गरेका हुन् । चलचित्रमा नुवाकोटको किस्पाङ गाउँपालिकाको साल्मे तथा भल्छे क्षेत्रका दृष्यावलोकन गर्न सकिन्छ ।

चलचित्रको पोष्ट प्रोडक्सनको ल्हाप्साङकार्पो म्यूजिकले गरेको हो भने चलचित्रका गीतहरुमा निर्मला घिसिङ, जितु लोप्चन, मनोज लोप्चन, मनमाया वाईबा र सुरेश लामाको अवाजमा रहेका छन् ।
सिंग बहादुर तामाङ र जमुना तामाङको शब्द रहेको गीतहरुलाई रोशन फ्युबाको संगीत दिएका हुन् भने चलचित्रका गीतलाई रिकेश गुरुङ, पवन वाङ र जोगलाल लामाले एरेञ्ज गरेका छन् ।

लोप हुँदै गएको तामाङ संस्कृतिलाई ‘श्होङ’को माध्यमबाट निर्देशक रोशन फ्युवाले उजागर गर्ने प्रयास गरेको छ ।

Comments

comments