भक्तपुर । रामेछापको दोरम्बा गाउँपालिकामा नायक राहुल मोक्तानको अध्यक्षमा साँस्कृतिक कलाकार संघ गठन भएको छ ।
नेपाल तामाङ ताम्बा घेदुङ तथा ताम्बा संग नेपालको अध्यक्ष श्री पासाङ मोक्तानको अध्यक्षतमा रामेछाप जिल्ला दोरम्बा गाउँ पालिकामा “साँस्कृतिक कलाकार संग दोरम्बा गाउँपालीका “ गठन गरिएको हो ।
कलाकार संघमा निम्न पदाधिकारीहरु रहनु भएको छ ।
अध्यक्ष : राहुल मोक्तान
उपअध्यक्ष : सरिता गौतम
सचिव : राम कुमार घिसिङ
सह सचिव : बिश्वास मगर
कोष अध्यक्ष : खमेश श्रेष्ठ
सहकोष अध्यक्ष : सञ्जीव तामाङ (च्याङवा)
सदस्य : नेत्र प्रसाद अधिकारी
सदस्य : प्रमिला मोक्तन
सदस्य : देवलाल मोक्तान
लगाएत ९ जनाको कार्य समिति रहेको छ ।
नयाँलाई प्रोत्सान पुरानोलाई सम्मान , जहाँ जहाँ छरिएर रहे पनि एउटै माला बनाउने, जो जस्लाई जुन सुक्कै प्रतिभा भएता पनि एउटै ठाउँमा ल्याउने , यो क्षेत्रमा आउन चाहन्नुहुने महानु भावहरुलाई अवसर तथा प्रोत्सान दिने मुल उदेश्यका साथ उक्त संस्था स्थापना भएको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























