नमोबुद्द । जिल्लाको नमोबुद्द नगरपालिका वडा नं ९ नेपाने बुद्दपार्कमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम भव्यताका साथ यहि फागुण २४ गते मनाइदैछ ।

बौद्द धर्मावलम्बिहरुको महान पर्व २१४६ औं फाग (ढ्वा ) ल्हो ल्होछारको अवसरमा शुभकामना आदन – प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।

उक्त कुरा नेपाने बुद्दपार्क निर्माण तथा संरक्षण समितीका अध्यक्ष ज्ञान बहादुर लामाले जानकारी दिएका हुन् । कार्यक्रम नेपाने बुद्दपार्क निर्माण तथा संरक्षण समिती र नेपाने युवा समाजको संयुक्त आयोजनामा हुनेछ ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु इन्दिरा गोले गुरुङ, विश्व दोङ, विशाल थिङ, प्रयास दोङ, जितु लोप्चन, सुनिता लुङवा, मन्सु लामा लगायतको प्रस्तुति रहनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।