बनेपा । जिल्लाको बनेपा नगरपालिकाले (आज) बुधबार बालबालिकासँग मेयर कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम बनेपा नगरपालिकाको आयोजनामा नगरपालिका सभाहलमा भएको हो । कार्यक्रममा बालबालिकाहरुले नगर प्रमुख लक्ष्मीनरसिं बादे समक्ष पालैपालो प्रश्नहरु र जिज्ञासा राखेका थिए ।
बालबालिकासंग प्रत्यक्ष छलफल गरी उनिहरुको समस्याको सुनुवाई गर्ने तथा बालमैत्री नगरनीति तर्जुमा गर्न सहयोग पुग्ने अपेक्षाका साथ यस्तो कार्यक्रम आयोजना गरेको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा बनेपा नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सामुदायिक र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
मेयर बादेले बनेपालाई स्वच्छ बनाउने योजना आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारेका छन् । तत्कालिन समय तत्काल फोहोर जम्मा गरी लैजाने ठाउँहरुमा फोहोर नराख्न स्थानियले नै आग्रह गरेका कारण केहि समय नगरपालिका छेउमै फोहोर थुपार्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

















