बनेपा । सुसिता तामाङको “सोल्टिज्यु” सेलो गित बजारमा आएको छ । बैरागी मोक्तानको लय, शब्द तथा सृजना रहेको सोल्टिज्युमा सुसिता तामाङ र बैरागी मोक्तानले स्वर दिएका छन् ।

गितको म्युजिक भिडियोमा नेपाली लोक दोहोरी गीतहरुमा नृत्य तथा अभिनय गर्दै आएका मोडल सन्जिव ठकुरी र गायिका स्वयंम सुसिता तामाङ ले अभिनय गरेका छन् ।

लोक दोहोरीमा निकैनै व्यस्त रहका मोडल सन्जिव ठकुरीले पहिलो पटक तामाङ सेलोमा आफ्नो प्रस्तुति दिएका छन् । बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा क्यामरा दुर्लभ श्रेष्ठको छायाङ्कन छ भने मिलन बि.क को सम्पादन रहेको छ । गित मोडल संजिव ठकुरिको अफिसियल युटुवच्यानलबाट बजारमा आएको हो ।

भिडियाेः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।