अन्जली तामाङ

धुलिखेल । काभ्रेको धुलिखेल नगरपालिकामा आज (शुक्रबार) १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस धुमधामका साथ मनाईएको छ ।

“लैगिक समानताका लागि समान सोच र व्यबहार समृद्धिको आधार” भन्ने मुल नाराका साथ धुलिखेल नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी मनाईएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले संसारमा अहिले महिलाहरुलाई श्रम र योग्यताको हिसाबले सम्मान गर्ने चलन रहेको बताएका छन् । अहिले संसारमा “ओमन इज ह्युमन” भन्ने नारा अनुरुप अगाडी बढाउनुपर्ने कुरामा जोड दिएका छन् ।

महिलाहरुलाई विशेष गरी तीन वटा कुरा दिनुपर्ने जस्तै सम्मान, अपनत्व, र प्रेम दिनुपर्ने धारण व्यक्त गरेका छन् । त्यसैगरी हाम्रो देशमा अहिले महिलाहरु २०६२।२०६३ को आन्दोलन पछि महिलाहरुलाई समान दृष्ट्रिकोणले हेर्न गरेको र राज्यको मुल धारमा समान उपस्थिती गराएको कारणले आज भन्दा पाँच सात वर्ष अगाडीको नेपाल र अहिलेको नेपालमा फरक पाइएको कुरा बताएका छन् । विश्वका धेरै देशहरु विकसित भएका छन् त्यो केबल पुरुषको कारणले मात्र नभएर महिलाहरुको समान सहभागिताले भएको बताए ।

कार्यक्रममा विभिन्न साँस्कृतिक परम्परा झल्किेन पन्जे बाजा, धिमे बाजा लगायत विभिन्न महिला समुहका महिलाहरुको साँस्कृतिक प्रस्तुतिले कार्यक्रम थप उल्लासमय बनेको थियो ।  त्यसैगरी धुलिखेल नगरभित्र रहेका उत्कृष्ट महिला उधमी जोस्ना श्रेष्ठ, उत्कृष्ट सक्रिय महिला समुहहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा धुलिखेल उधोग बाणिज्य संघका अध्यक्ष मन्जु कुमार कोजु, महिला सेलका प्रमुख सीता श्रेष्ठ , धुलिखेल वडा नम्बर ११ का वडा अध्यक्ष बिष्णु धिताल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम धुलिखेल नगरपालिकाका उपप्रमुख बिमला शर्मामाको सभापतित्वमा सम्पन्न भएको हो ।

(हेर्नुहोस भिडियो)