भक्तपुर । साहित्यकार एवं समाजसेवी रचना मोक्तानको “किन्न पाए एक पल मुस्कान” बोलको गीत सार्वजानिक भएको छ ।
शिक्षण पेशालाई आफ्नो कर्मका रुपमा लिदैं आउनुभएकी साहित्कार एवं रचनाकार मोक्तानको उक्त गीत युट्युवमार्फत सार्वजनिक भएको हो ।
एक पलको मुस्कानको लागि संसारमा ठुला युद्द समेत भएका छन् न कसैले किनेर किन्न सकिन्छ न विक्री नै हुन्छ एक पलको मुस्कान भन्ने भावमा उक्त गीत रहेको छ ।
गीतमा शब्द साहित्यकार रचना मोक्तान ,सङ्गित कुबेर दोङ ,बबिता पाख्रिनको आवाज र एरेन्ज सन्तोष प्रगाढको रहेको छ् ।
तामाङ सुपरस्टार डम्फु मिडियाले उक्त गीत बजारमा ल्याएको हो ।
आफ्नो गीतलाई दर्शकले रुचाउनेमा आफू विस्बस्त रहेको रचना बताउँछिन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।