भक्तपुर । तामाङ कथानक चलचित्र टुहुरोला ल्हुई आउँदो चैत २ गते राष्ट्रिय नाच घर जमलमा प्रर्दशनी हुने भएको छ ।
विनासकारी महाभुकम्पले आमाबुबा गुमाएको एक अबोध बालकको कथा हो टुहुरोला ल्हुई ।
प्रकोपमा आमाबुबा आफ्नो आफन्त गुमाएपछी आफ्नो जन्मथलोबाट कसरी बिस्थापित हुनु पर्दछ भन्ने विषयलाई नै प्राथमिकता साथ यस चलचित्रलाई चित्रण गर्न खोजिएको निर्देशक विनय दोङले जानकारी दिनुभयो ।
उहाँका अनुसार टुहुरो पनि यो देशको नागरिक हो उसले पनि अरु सराह बराबर बाँच्ने अधिकार छ भन्ने विषयबस्तुलाई नै समेटेर आफूहरुले चलचित्र प्रस्तुत गर्न खोजिएको छ ।
सागर दोङको प्रस्तुतिमा निर्माण भएको उक्त चलचित्रमा नायिका रोशनी ब्लोन नायक बुद्द थिङ नव नायिका सचिता दोङ राजु वाईबा झकाँस , रोशन स्याङतान, सँखवहादुर थिङ जँुगे लगाएत बाल कलाकारका रुपमा लुसाङ तामाङ र अनिषा दोङ लाई देख्न सकिन्छ ।
रोशी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा काभ्रे रमणिय स्थानहरु तेमाल, नायारणथान, लामिडाँडा, नगरकोट स्वयम्वु इसंखु लगाएतका स्थानको दृष्यावलोकन गर्न सकिने निर्माण पक्षले जनाएको छ ।
चैत २ गते शनिवारका दिन पूर्व कानून मन्त्री शेरवहादुर तामाङको प्रमुख आतिथ्यतामा सांस्कृतिक कार्यक्रमका साथ उक्त चलचित्र प्रर्दशनी गरिने निर्देशक विनय दोङ तामाङले जानकारी दिनुभयो ।
चलचित्रको पटकथा तथा संवाद ऋतु राज पाख्रिन, निर्माता छ्युमि लामिनी र म्हारसाङ घिसिङ रहनुभएको छ भने गीतकार जेनिस दोङ र डुप्साङ तामाङको रहेको छ । साथै उक्त चलचित्र हेरी सुझाव एवं सल्लाह दिनुहुन् निर्देशक विनय दोङ तामाङले अनुरोध गर्नुभएको छ ।
























