भक्तपुर । तामाङ सस्कृतिमा आधारित तामाङ कथानक चलचित्र ए बिना युएईमा प्रदशनी हुने भएको छ ।
आगामी अप्रिल ५ तारिकमा उक्त चलचित्र युएईको नासा क्लबमा प्रिमियर सो हुने निर्माण पक्षले जानकारी दिएका छन् ।
संगीत फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्र सामाजिक, लव स्टोरी एक्सन तथा परदेशी जीवन लाई चित्रण गर्दै निर्माण भएको चलचित्रका नायक बसन्त लामाले जानकारी दिए ।
चलचित्रमा बसन्त लामा र धन बहादुर लामा, सुस्मा मोक्तान, बिजय तामाङ लगाएतका कलाकारहरुलाई पर्दामा देख्न सकिन्छ ।
चलचित्रमा द्दोन्द राजु किराँत को छ भने संगीत साथै गायन बिशाल थिङको कथा तथा नृत्य निर्देशन विजय तामाङ को रहेको छ ।
नेपालको पर्यटकीय क्षेत्र पोखरा, काठमाडौँ लगाएत युएइ लगाएत विभिन्न स्थानको दृष्यावलोकन यस चलचित्रमा गर्न सकिन्छ ।
४५ दिनमा नै आफ्नो छायांङन सक्न सफल यस चलचित्रमा विदेशीने को पिडा एवं दुःख साथै पारिवारिक सम्वन्धको विषयमा उजागर गर्न खोजिएको निर्माण निर्दैशक सागर महत र घनश्याम पुन मगरले जानकारी दिए ।
चलचित्रका निर्माण भने निरोज लामा, धन बहादुर लामा र बसन्त लामाले गरेका हुन् ।
चलचित्रको
निर्देशक : विजय तामाङ्ग
छायांकन : सन्तोष पीटाकोठी र निरोज लामा
शव्द संगीत र गायन बिशाल थिङ्ग र बबिता पाख्रिन
द्दोन्द : राजु किराँत
निर्माता : निरोज लामा, धन बहादुर लामा र बसन्त लामा
कथा नृत्य निर्देशन : विजय तामांङ
ब्यबस्थापक : सागर महत र घनश्याम पुन मगर रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























