भ¥याङ नाट्य मन्च नेपालको अध्यक्षमा कवि राई

श्याम ङेसुर तामाङ
ललितपुर । भ¥याङ नाट्य मन्च नेपालको तेश्रो राष्ट्रिय सम्मेलन शनिबार ललितपुरमा सम्पन्न भएको छ । सम्मेलनको उदघाटन वरिष्ठ कलाकार मोहन निरौलाले गमलाको फुलको बोटमा पानी हालेर गरेका थिए ।

तेश्रो राष्ट्रिय सम्मेलनले कलाकार कवि राईको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । सम्मेलनले उपाध्यक्षमा नीता राई, सचिबमा आर.बी.शर्मा, सह–सचिवमा प्रेमसागर केसि, कोषाध्यक्षमा उपेन्द्र चाम्लिङ र कार्यसमिति सदस्यहरुमा रुपक घिमिरे(आभास), सन्जिब राई, रुपक घिमिरे, शिवथुलुङ राई, रुपेस चाम्लिङ, यशकुमार राई, रोसन श्रेष्ठ, केदार सन्जेल, नविन्द्र राई, सुरज थोकर तामाङ, सोनु सुवेदी, ध्रुब राई, हिक्मत परियार, कृषा पोखरेल, प्रकाश थापा, सुनिता दुलाल, प्रमिला बिक, मिलन दहाल, राजेश राई, दीपा तिमल्सिना, एलेक्स घिसिङ तामाङ, अनिश तिमल्सिना, नगेस राई, अन्जना राई, एलिसा मगर, जयराम दहाल, जेकप राई, अमीर बम्जन तामाङ, प्रतिमा राई, जयन्ती राई, दिक्ष्या राई, युवराज श्रेष्ठ, गंगा घिमिरे रहेका छन् ।

भ¥याङ नाट्य मन्च नेपालको अध्यक्षमा कवि राई

सम्मेलनमा सहभागी हुन ललितपुर, खोटाङ, गुल्मी, उदयपुर, सिन्धुली, मकवानपुर, भोजपुर, काभ्रे, डडेल्धुरा, काठमाडौका गरि १ सय भन्दा बढी प्रतिनिधिहरु ललितपुरमा आईपुगेका थिए । सो सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा ललितपुरका युवा नेता प्रभाकर थापा, नायक राज घिमिरेले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

सम्मेलनमा गायन, गीत र नीता राई, शिव थुलुङको नृत्यको प्रस्तुतीले व्यापक मनोरञ्जन दिलाएका थिए । उत्कृष्ट कला प्रस्तुत गर्ने कलाकारहरु शिव थुलुङ, रोशन श्रेष्ठ, आभाश शर्मा, सुरज थोकर तामाङ, प्राबिधिकतर्फ रुपेश चाम्लिङ, यसकुमार राईलाई सम्मान पत्र र भ¥याङ प्रतिभा पुरस्कार–२०७५ बाट कलाकार सन्जीब राईलाई ट्रफ्री, नगद पुरस्कार रु.५ हजार ५ सय ५५ रुपैयाँ नगद बाट प्रदान गरिएको थियो ।

कार्यक्रममा मन्चका प्रतिनिधि उपेन्द्र राईले स्वागत तथा सचिब आर.बी.शर्माले सन्चालन गरेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।