श्याम ङेसुर तामाङ
ललितपुर । नेपालको तातोतातो विषय रेलसंग सम्बन्धित कयौं गीत रचिए पनि यत्तिखेर चाइनाको रेलले पूर्ण मनोरंजन दिलाउने कुरामा गीतकार कृष्ण के.सी. ढुक्क हुन श्रोता र दर्शकलाई आग्रह गर्छन ।

अहिलेका व्यस्त संगीतकार हरी लम्सालसगको सहकार्यलाई निरन्तरता दिदै गीतकार, रचनाकार के.सी.ले आफ्नो पछिल्लो सृजनामा स्वर भर्न ‘कसले सुरुवात’ का पुरुष स्वर दिएका नेपाली तारा–२ सिजनका विजेता गायक सन्तोष लामालाई नै रोजेका छन् । गीतमा महिला स्वरमा गायिका इन्दिरा जोशीले पनि महत्वपूर्ण अंशको लागी स्वर दिएकी छिन् ।

आफ्नो मन शीर्षककै यूट्यूब च्यानलबाट अपलोड गरिएको गीतको भिडियोको सम्पूर्ण छायांकन, सुन्दर नगरी पोखरामा गरिएको छ । सन्दीप क्षेत्री र मुस्कान रानीको अभिनय रहेको यस भिडियोलाई क्रिस्टल क्लजको जोशीकोबडान्सले अझ सुन्दरता बनाएको छ । चर्चित डान्स ग्रुप क्रिस्टल क्लजको कोरियोग्राफी, सन्देशजंग राणाको कन्सेप्ट तथा चर्चित कमेडियन सन्दीप क्षेत्री र सन्देशजंग राणाको संयुक्त निर्देशनमा तयार भएको भिडियोलाई चर्चित छायांकार सुसन प्रजापतिले खिचेका हुन ।

यसको भिडियोलाई सम्पादन पनि सन्देशजंग राणाले नै गरेका हुन । डान्सिंग गीतको लहर चलिरहँदा, कभर डान्सको विजेतालाई रु.१,११,१११ र (रुपैया तथा नेपालमै पहिलो पटक वेष्ट टिकटक भिडियोलाई रु.२२,२२२ र ( हजार नगद पुरस्कारको घोषणा सहित चाइनाको रेल बोलको नयाँ गीतको भिडियो लिएर रचनाकार एबम गीतकार कृष्ण के.सी. झुल्केका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।