श्याम ङेसुर तामाङ
काभ्रे जिल्ला चौरीदेउराली गाउँपालिका वडा नं. ७ मादनकुडारी, बिन्थलीका २१ वर्षे उत्तम थिङ तामाङ, बचपन देखि नै गीत, संगीत भनेपछी हुरुक्कै हुन्थे । उनलाई तामाङ सेलो, लोक, आधुनिक प्राय सबै गीतप्रती रुचि राखेका थिए ।
फुलै फुलको वगैचामा, तिमी सङ्गै डुल्ने मेरो मन भन्ने बोलको गीत गायिका पुर्णिमा लामा र गायक उत्तम थिङ तामाङले गाएका हुन् । शब्द तथा रचना गणेशबाबु विक, सङ्गीत हेमन्त शिशिर, अभिनय जमुना मोक्तान, विनायक लामाको रहेको यस आधुनिक गीतलाई केही महिनापछि सुनकोशी फिल्मले बजारमा ल्याउने भएको छ ।

नव गायक तामाङ काभ्रे चौरी देउराली–७ मदनकुडारी बिन्थलीमा बुबा बलबहादुर थिङ र आमा मीना योन्जन तामाङको जेष्ठ सुपुत्रको रुपमा वि.सं. २०५४ फागुन २८ गते जन्मेका हुन् । उनको एक बहिनी सबिना थिङ तामाङ रहेका छन् । उनले औपचारिक शिक्षामा प्रमाणपत्र तहसम्म पास गरेका उत्तमले गीत, सङ्गितलाई रहर भन्दा ब्यवसायिक रुपमा अगाडी लाने बताएका छन् ।
























