भक्तपुर । तामाङ कथानक चलचित्र छार ग्यालामको छायांङ्कन सम्पन्न भएको छ । फरक कथाबस्तु एवं डिजिटल प्रविधिमा निर्माण भएको उक्त चलचित्र छिटै नै बजारमा आउने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा चर्चित  नायक कुमार मोक्तान, राहुल मोक्तान र नायिका सुनिता लुङ्बा र संगिता दोङको मुख्य अभिनय रहेको छ भने अन्य कलाकारहरुमा  धुर्व तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दिपा वाइवा, सुर्य बहादुर तामाङ र प्रकाश श्रेष्ठको अभिनय रहेको निर्माण पक्षले जनाएका छन् ।

कोशीपारी फिल्म प्रा.लिको प्रस्तुतिमा सागर लामा गोलेको छार ग्यालाम सामाजिक कथा बस्तुमा आधारित चलचित्र हो । तामाङ भाषामा निर्माण भएको उक्त चलचित्र धन बहादुर तामाङ (सागर)ले निर्देशन गर्नु भएको हो भने बुद्ध स्याङवा, सुदिप न्यासुर, प्रयास दोङको संगीत दिनुभएको छ साथै दिपा वाइवा र पविना तामाङको लगानीमा यो चलचित्र निर्माण भएको हो ।
काभ्रे,काडमाडौं र मकवानपुरको हेटौंडामा छायांङ्कन गरिएको उक्त चलचित्र तामाङ र नेपाली भाषामा दर्शक सामु आउने चलचित्रका नव नायक राहुल मोक्तानले जानकारी दिनुभयो ।
चलचित्रको छिटै नै मिक्सिङ डविङ र इडिटिङको काम सम्पन्न गरि दर्शक सामु ल्याईने निर्माण पक्षले जनाएको छ ।

Comments

comments