काठमाडौं । गायक तथा संगीतकार सुनिल लामाको हिमाली फेदैको गाउँमा बोलको गीतमा तामाङ चलचित्र जगतकी लोकप्रिय नायिका सुनिता लुङ्बा र योसफ लामाको प्रेम देख्न सकिन्छ ।
राजधानीको बानेश्व्वरमा एक कार्यक्रम विच सार्वजनिक भएको उक्त गीत एवं भिडियोमा लुङ्बा र लामा सँगै काभ्रेको मनोरम स्थल नवोबुद्दको दृष्यावलोकन गर्न सकिन्छ ।
रचनाकार समिर लामाको रचना रहेको उक्त गीतमा स्वर एवं संगीत सुनिल लामाकै रहेको छ भने बरिष्ट संगीतकार शिलावहादुरको एरेन्ज रहेको छ ।
भिडियोको कोरियोग्राफी, सम्पादन र निर्देशन अजय स्याङतानको रहेको उक्त गीतको पोष्ट प्रोडक्सन भने थोकर फिल्मस् प्रा.लिको रहेको छ ।
गायक लामा वैदेशिक रोजगारीका क्रममा कोरियामा रहदै आउनुभएको छ । तथापी उहाँको नेपाली गीत प्रतिको माया अनी लगाव देख्दा नेपाली गीत संगीतका माध्यमबाट देश र समाजलाई चिनाउन उहाँ लागि पर्नु भएको भिडियो सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले बताउनुभयो ।
भिडियो सार्वजनिक कार्यक्रममा थोकर फिल्मस् प्रा.लिका अध्यक्ष एवं तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले आफूहरु गीत संगीत मार्फत देश चिनाउन लागि परेको बताउनुभयो । उहाँले नेपालीले जहाँ कहि भएपनि नेपाललाई भुल्न नहुने बताउँदै गायक लामा विदेश(कोरिया)मा रहँदा रहँदै पनि उहाँले गीत संगीतको माध्यमबाट देशका लागि केहि गर्नु पर्छ भन्दै गरेको प्रयास प्रशंसनीय भएको बताउनुभयो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।