सुसन सापकोटा विज्ञान
चौरीदेउराली गाउँपालिकाको वडा न.५ मा आज एक कार्यक्रमका बिच अगुवा कृषकहरुलाइ मिनि टिलर वितरण गरिएको छ ।
गाउँपालिका प्रमुख दिननाथ गौतमको प्रमुख आतिथ्यतामा उक्त मिनि टिलर वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष दिननाथ गौतमले अगुवा कृषकहरुलाइ १६ वटा मिनि टिलर हस्तान्तरण गर्नुभयो ।
यस आर्थिक वर्षको बजेट बाट पचास प्रतिशत अनुदानमा उक्त मिनि टिलर वितरण गरिएको हो ।