भक्तपुर । टिकटकमा निकै चर्चामा रहेको तामाङ गीत ब्हम्सी एदा, थान्के म्हान्मुको भिडियो बन्ने भएको छ ।
भिडियोको लागि निर्माण टोली चैत १५ शुक्रवार दोलखा र रामेछाप जिल्लाको पर्यटकीय रमणीय धार्मिक दृष्टिकोणले महत्वपूर्ण स्थल ठुलो सैलुङमा जाने भएको छ ।
निकै चर्चामा रहेको गीतको रचना कलाकार ज्ञानदास तामाङको रहेको छ। हाल निकै व्यस्त एवं चर्चामा रहेकी मोडल निराञ्जली लामाका साथ नव नायक हिरालाल लामा ह्योल्मो ले गीतमा अभिनय गर्ने भएका छन् । हिरालाल ह्योल्मोको निर्माणमा उक्त गीत छिटै नै बजारमा आउने भएको छ ।
संगीतकार तथा गायक निमा दोङ र गायक जितु लोप्चानका स्वरमा रहेको उक्त गीत भिडियो बन्नु अघि नै निकै चर्चामा रहेको गीत हो। उक्त भिडियो छिटै नै बजारमा ल्याइने निर्माण पक्षले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























