ललितपुरको टौखेलमा खेलकुद भवन शिलान्यास

श्याम ङेसुर तामाङ
ललितपुर। जिल्लाको गोदावरी नगरपालिका वडा न. ३ टौखेलमा सुबिधा सम्पन्न खेलकुद भवन निर्माण हुने भएको छ ।

खेलकुद भवनको प्रतिनिधि सभाका सांसद नवराज सिलवाल, प्रदेशसभा सांसद लालकुमारी पुन शुशिला, गोदावरी नगर प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारीले पुजापाठ गरेर इट्टाको जग राखेर संयुक्त रुपमा शनिबार एक भब्य समारोहाका बिच शिलान्यास गरेका थिए ।

भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका साम्सद सिलवाल, प्रदेशसभा सांसद पुन, गोदावरी नगर प्रमुख महर्जन, उपप्रमुख अधिकारीले गोदावरी नगरपालिकामा खेलकुदको विकासलाई अघि बढाउन, भवन निर्माण गर्न सबैले साथ दिनु पर्नेमा जोड दिएका थिए ।

गोदावरी नगरपालिका वडा न. ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरे, ईन्जिनियर पुरुषोतम थापा, किटिनी माबिका प्र.अ. सरोजकुमार केसि, समाजसेवी धनराज राईले खेलकुद भवनको निर्माण गर्न सबै सरोकारवाला निकाय तथा सहयोगी दाताहरुले सहयोग गर्नु पर्ने बताए । समितिका सचिब सन्तोष कुवरले सन्चालन गरेका शिलान्यास समारोहमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरु हरि दहाल, मधुसुदन पौडेल, श्यामकृष्ण सिल्वाल, गोदावरी नगरपालिका वडा न. १ वडाअध्यक्ष हरिहर कार्की, गोदावरी वडा नं. २ का वडाअध्यक्ष देबेन्द्र कुमार बस्नेत, गोदावरी वडा नं. ४ का वडाअध्यक्ष मुकुन्दबहादुर पहरी, गोदावरी नगरपालिका वडा नंं १३ का डाअध्यक्ष भास्कर थापा, गोदावरी वडा नं. १४ का वडाअध्यक्ष जगन्नाथ महर्जन, खेलकुदका प्रशिक्षकहरु, महानगरिय प्रहरी प्रभाग बाडे गाउँ प्रहरी प्रमुख इनिष्पेक्टर श्यामकृष्ण कटुवाल, विभिन्न राजनितिक दलका नेताहरु, खेलाडीहरु लगायतको ब्यापक सहभागिता रहेका थिए ।
खेलकुद भवन जनश्रमदान सहित रु.२ करोड ६१ लाख ६५ रुपैयाँको लागतमा निर्माण हुने भवनको लागि प्रतिनिधि सभाका

सांसद नवराज सिल्वालले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट रु. २० लाख विनियोजन गरिएको थियो । अन्य सरकारी निकाय, सहयोगी दाताहरुबाट रकम सङकलन कार्य अगाडि बढेको गोदावरी खेलकुद भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष ईन्जिनियर राजेशबाबु पौडेलले जनाएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।