रामेछाप तामाङ कलाकारको अध्यक्षमा बैरागी मोक्तान

बौद्ध । रामेछाप जिल्लाबाट काठमाडौं आइ बसोबास गर्ने तामाङ कलाकारहरुको एक भेलाले रामेछाप तामाङ कलाकार समाज गठन गरेको छ ।

तामाङ कला संस्कृतिको संरक्षण गर्ने मुख्य उदेश्यका साथ गठन भएको रामेछाप तामाङ कलाकार समाजको अध्यक्षमा चर्चित गायक बैरागी मोक्तान निर्वाचित भएको छ ।

काठमाडौंको बौद्धमा सम्पन्न भएको छ । भेलाले भेलाले मोक्तानको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष सन्ध्या सुस्केरा, महासचिव सुरज चन्द्र घिसिङ, सचिव सुरेश मोक्तान, कोषाध्यक्ष जङ्ग बहादुर घिसिङ र सदस्यहरुमा दिलमाया मोक्तान,सन्जिब योन्जन, पासङ लामा, मिलन लामा, शम्भु मोक्तान, हस्त लामा, राहुल मोक्तान, हिरा घिसिङ, राजकुमार दोङ, ईन्द्र योन्जन, तिर्थ थोकर, सजना वाईबा, टेक घिसिङ र अभिषेक तामाङ रहेका छन ।

तामाङ भाषाविद तथा साहित्यकार अमृत योन्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले छरिएर रहेका रामेछापबासी कलाकारहरुलाई एकीकृत गरी तामाङ समुदायको भाषा, कला, संस्कृतिको पहिचान र प्रबद्र्धनमा टेवा पुर्याउने लक्ष्य रहेको नवनिर्वाचित अध्यक्ष मोक्तानले बताए ।

Comments

comments