गतिशील युवा क्लबको होलि विशेष कार्यक्रममा ज्योति मगरले दर्शकलाई नचाईन

श्याम ङेसुर तामाङ
ललितपुर । ललितपुरको गोदावरीस्थित गोदावरी फुटबल ग्राउन्डमा बुधबार गतिशील युवा क्लबले आयोजना गरेको होलि विशेष समारोहमा चर्चित गायिका ज्योति मगरले हजारौं दर्शकलाई नचाईएकी छिन् ।

अपरान्हतिर मन्चमा देखा परेकी गायिका मगरले ठट्यौली पारामा खाशमा पहिला चाहिँ कालिलाई नराम्रो भन्थ्यो, अहिले चाहिँ कालिलाई ब्ल्याक ह्यान्सम भन्छ भन्दै अँध्यारोमा लाको माया, कालिहोकी गोरि……., आ है लरबर, आ है लरबर, आ है लरबर भनेर १६ वर्षे जवानी हङ्गा भो, सम्झी मन मेरो दङ्ग भो भन्दा गोदावरी फुटबल ग्राउन्डको माहोल एका एक तात्तेको थियो ।

ललितपुर जिल्ला ,क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद नवराज सिलवाल, प्रदेश सभा सांसद लालकुमारी पुन शुशिलाले होलिको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । होलि विशेषमा चर्चित गायकहरु अलमोदा, गिरिश खतिवडाले पनि आफ्नो गीत प्रस्तुत गरेका थिए । क्लबका अध्यक्ष प्रविणजङ्ग थापाकानुसार विशेष होलिमा स्थानिय, बाह्य हजारौ युवाहरु, नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेताहरु अमृत तामाङ, राजेश थापा लगायतको उपस्थिति रहेका थिए ।

Comments

comments