श्याम ङेसुर तामाङ
काठमाडौ । यो देश नेपालमा तामाङ समुदायलाई विभिन्न तरिकाले मुछिने गर्छन्, गराउँछन । तामाङ सन्ततिले गरेका सकारात्मक पाटोहरुलाई समेत राज्यको त के कुरा आफ्नै समुदायले उदाहरणको रुपमा प्रस्तुत गर्ने चलनमा विकास नहुनु तामाङ समुदाय अगाडि बढन नसक्नुको प्रमुख कारण हो।

आज गैर तामाङ र तामाङ समुदाय वैदेशिक रोजगारको सिल सिलामा परदेश जाने क्रम दिनप्रतिदिन बढदै गएको सन्दर्भमा सिन्धुपाल्चोक जिल्ल, लिस्याङखु–१ ठुलोधादिङका दिदिबहिनी बबिता र अनिता योन्जनले भने आ–आफ्नै लगानिमा राजधानीको मुटु बागबजारस्थित पिके क्याम्पसको ठीक अगाडि सिटि स्क्वायर मलमा रेचल कलेक्सन नामको ब्यवसायिक धन्दाको औपचारिक रुपमा बिहिबार देखि शुरु गर्ने भएकी छिन् ।
बिशेष गरि महिलाहरुलाई केन्द्रीत गरेर साडी, कुर्ता, लेङगा, टप्स, तामाङ भेषभुषा र अन्य नेपाली पोशाकहरु पाउने भएकोले रेचल कलेक्सन नामकरण गरिएको छ ।
दुई दिदिबहिनीमा बबिता योन्जन, सामाजिक अभियन्ता समेत हुन् भने अनिता योन्जन भने ब्यवसायमा लागि पर्दै सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको बोर्ड मेम्बर समेत हुन् । दुबै जनाको ईच्छाशक्ति र लगानीकाकारण रेचल कलेक्सनको स्थापना गरिएको छ ।
भोलि चैत्र २१ गते, बिहान ११ बजे नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेत्री एबम प्रतिनिधि सभाका सांसद नविना लामाद्वारा रेचल कलेक्सनको भब्य रुपमा समुदघाटन गर्ने कार्यक्रम रहेको संचालिका योन्जनद्वयले बताएकी छिन् ।
























