काठमाडौं । नेपाली आधुनिक गीत फुलै फुलै फुलको बगैंचामा बजारमा आएको छ । काठमाडौंको त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले उक्त गीत सार्वजनिक गर्नुभएको हो । गीत सार्वजनिक गर्दै अध्यक्ष थोकरले नेपाली सांगीतिक दुनियाँमा तामाङ समुदायले दिएको योगदानको प्रशंसा गर्नुभएको थियो । उहाँले अवका दिनमा कसरी उच्च स्तरीय  भिडियो तथा गीत ल्याउन सकिन्छ भनी सवैले समिक्षा गर्दै भिडियो निर्माण गर्नुपर्ने बताउनुभयो ।
गायक हेमन्त शिशीर उत्तम तामाङ र पुर्णिमा तामाङको श्वरमा रहेको उत्त गीतको रचनाकार भने गणेश बाबु विके हुनुहन्छ ।
गीती भिडियोमा विनायक तामाङ र जमुना मोक्तानको रोमान्स हेर्न सकिन्छ भने उक्त गीतको निर्देशन तथा छायांकन भने दिनेश मुस्कानले गर्नुभएको हो ।
काली देवी मिडिया हाउसले बजारमा ल्याएको उक्त गीतको संगीत भने गायक हेमन्त शिशीरको नै रहेको छ ।
सन्चकुमारी तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विषेश अतिथि विकास व्लोन रहनुभएको थियो भने अन्य अतिथिमा मानवहादुर तामाङ, धावा फिन्जो तामाङ, जेवी व्लोन, डिवी दोङ, दिपक लामा लगाएतका अतिथिको उपस्थिती रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।