भक्तपुर । थुङ डान्मा माया ताला, सेमरी लोङबा खालामा निराञ्जली र हिरालालको रोमान्स देखिने भएको छ । ज्ञानदाश दोङको मार्मिक शव्दमा उक्त गीत ब्हम्सी एदा, थान्के म्हान्मुको छायांकन दोलखा र रामेछापको संगम थलो ठुलो सैंलुङ र सिन्धुलीको सुनकोशी किनार आसपासमा सम्पन्न भएको छ ।
पाँच दिन लगाएर छायांकन गरिएको उक्त गीतको भिडियो भने छिटै नै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
घाम पानी अनी चिसो असिना अनी हावा हुरीलाई चिर्दै उक्त गीत पाँच दिन लगाएर छायांकन गरिएको हो ।

बजारमा आउनु अघि नै निकै चर्चाको शिखरमा रहेको गीत हिरालाल लामा ह्योल्मोको निर्माणमा छिटै नै बजारमा आउने भएको छ ।
संगीतकार तथा गायक निमा दोङ र गायक जितु लोप्चानका स्वरमा रहेको उक्त गीत भिडियो बन्नु अघि नै निकै चर्चामा रहेको थियो । उक्त भिडियो छिटै नै बजारमा ल्याइने निर्माण पक्षले जनाएको छ ।
अजय स्याङतानको कोरियोग्राफिमा निर्माण भएको उक्त गीतको क्यामेरामा विक्रम लामाले गर्नुभएको छ ।
थुङ डान्मा माया ताला, सेमरी लोङबा खालामा निराञ्जली र हिरालालको रोमान्स
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























