काठमाडौं । तामाङ कथानक चलचित्र छार ग्यालाम बैशाख १६ गते विषेश प्रर्दशनी हुने भएको छ । चलचित्रको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले चलचित्र आगामी नयाँ बर्षको अवसरमा बैशाख १६ गते राष्ट्रिय नाचघर जमलमा विषेश प्रर्दशनी गर्ने जानकारी दिएका छन् ।
निर्माता पविना तामाङ र दिपा वाइवा साथै सह निर्मातामा भने बुद्दमाया तामाङ इन्द्रमाया तामाङ कुमारी तामाङले बजारमा ल्याउनुभएको चलचित्रमा चर्चित नायक कुमार मोक्तान, राहुल मोक्तान र नायिका सुनिता लुङ्बा र संगिता दोङको मुख्य अभिनय रहेको छ भने अन्य कलाकारहरुमा धुर्व तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दिपा वाइवा, सुर्य बहादुर तामाङ र प्रकाश श्रेष्ठको अभिनय रहेको छ ।
कोशीपारी फिल्म प्रा.लिको प्रस्तुतिमा सागर लामा गोलेको छार ग्यालाम सामाजिक चेतनामुलक कथा वस्तुमा आधारित चलचित्र हो भएको निर्माण पक्षले जनाएका छन् । दुई भाषामा निर्माण भएको चलचित्रको कथा पटककथा धनवहादुर तामाङ(सागर) रहेको छ । तामाङ र नेपाली भाषामा निर्माण भएको उक्त चलचित्रमा धन बहादुर तामाङ (सागर)ले नै निर्देशन गर्नु भएको छ भने बुद्ध स्याङवा, सुदिप न्यासुर, प्रयास दोङको संगीत दिनुभएको छ । चलचित्रमा द्घन्द राजु किराँतको सम्पादन तुल्सी बास्कोटाको ,छायांकन लक्ष्मण घिमिरेको रहेको छ ।
रमेश थापा र विर वहादुर लामाको नृत्य निर्देशन रहेको चलचित्रमा तीन गीत समेटिएको छ ।
चलचित्रको सम्वन्धमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा तामाङ चलचित्र च्यारिटिमा मात्र सिमित हुँदा लगानी कर्ता मर्कामा पर्नु परेको तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले बताउनुभयो । उहाँले बजारमा आउन ठिक्क परेको चलचित्र छार ग्यालाम जस्ता चलचित्रको लगानी सुरक्षित गर्न आफु र संघ लागी पर्ने प्रतिवद्दता दिनुभयो । उहाँले भन्नुभयो यदि तामाङ चलचित्र हामी नेपालीमा पनि अनुवाद गरेर मात्र सुरक्षित हुन् सक्छौं भन्ने भ्रममा छौं भने त्यस्तो भ्रम नपाल्नुहोस् हामी लगानी उठाउने वातावरण वनाउने छौं र चलचित्र विकासमा लागी पर्ने छौं ।

चलचित्रको विषयमा नायक कुमार मोक्तान संगीतकार एवं गायक विशाल कान्तान पत्रकार तथा तामाङ चलचित्र संघका महासचिव जयन कुमार मोक्तानले हेर्ने पर्ने चलचित्रका रुपमा उक्त चलचित्र निर्माण भएको बताउँदै दर्शकहरुलाई एक पटक हरी हौसला बढाउनुहुन आग्रह गर्नुभयो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।