बौद्ध । नेपालमा पहिलो पटक “तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९” काठमाडौंमा हुने भएको छ । आज आयोजकले पत्रकार सम्मेलन गर्दै आउँदो २०७६ साल बैशाख २६ र २७ गते महोत्सव हुने जानकारी दिएको छ ।
तामाङ आवाज, सेलो फाउण्डेसन र एस.सी.आर.सी.को संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । आयोजकका अनुसार महोत्सव काठमाडौं प्रदर्शनीमार्गस्थित पर्यटनबोर्डको हलमा हुने भएको छ ।
‘तामाङ सौन्दर्य, जीवन र ज्ञान परम्परा झल्किने र तामाङ समुदायसँग प्रत्यक्ष सरोकार रहेका विषयबस्तु समेटिएका तामाङ चलचित्र, वृत्तचित्र र म्युजिक भिडियोहरुलाई सहभागी गराउदै पहिलोपटक “तामाङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९” को घोषणा गर्न पाउँदा हामी गौरवान्वित छौं ।’ पत्रकार सम्मेलनमा प्रेसित विज्ञप्तिमा भनिएको छ, ‘तामाङ समुदायको सन्दर्भमा पनि हाम्रो आफ्नो मौलिक ज्ञान, संस्वृmति, जीवनशैली र विषयबस्तु पस्केर संसारभर आफ्नो मौलिक पहिचान प्रवद्र्धन गर्ने शक्तिशाली माध्यम बन्न सक्छ फिल्म । मुलुककै सांवृmतिक पर्यटनको एउटा महङ्खवपूर्ण हिस्सा पनि बनाउन सकिने ठूलो सम्भावना रहेको छ ।’

तामाङ अन्तराट्रिय चलचित्र महोत्सव–२०१९ तामाङ चलचित्र उद्योगलाई गुणात्मक बनाउने र आम तामाङ चलचित्रकर्मी, शुभचिन्तक र दर्शकबीचको सिर्जनशील र साझा मञ्च बनाउने प्रयत्न रहेको विज्ञप्तिमा उल्लेख छ ।
महोत्सवमा ‘तामाङ खाना, भेषभूषा, कला प्रदर्शनी साथै तामाङ दृष्य कविता (भिजुअल पोइट्री) का प्रस्तुति गर्ने कार्यक्रमहरु पनि रहेको आयोजकले जानकारी दिएको छ । महोत्सवले तामाङ समुदायको मौलिक प्रवद्र्धनमा स्वर्ण इतिहास निर्माण गर्ने, भावीपिँढीलाई साँस्वृmतिक ज्ञान हस्तान्तरणमा सघाउने विस्वास आयोजकले लिएको छ ।
महोत्सवमा निम्न प्रकार र विधाका फिल्महरु
महोत्सवमा फिचर फिल्म, सर्ट फिल्म, वृत्तचित्र (डकुमेन्ट्री फिल्म) जस्ता चलचित्र प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् ।
कस्तो फिल्मी सिर्जनाहरु महोत्सवमा पठाउन सकिन्छ ?
- संसारभरका जुनसुकै मुलुकमा बसोबास गर्ने तामाङ र गैरतामाङले आफ्नो फिल्मी सिर्जना महोत्सवमा पठाउन सक्नेछन् ।
- चलचित्र तामाङ समुदायको सांस्वृmतिक, धार्मिक, सामाजिक, भाषिक, ऐतिहासिक लगायतका विषयबस्तुमा आधारित चलचित्र हुनुपर्नेछ ।
- प्रतिपस्र्धामा सामेल चलचित्र कुनै पनि सार्वजनिक प्रदर्शन या सामाजिक सञ्जालमार्फत रिलिज नभएको हुनु पर्नेछ । त्यस्ता चलचित्रले अप्रतिस्पर्धी रुपमा भने भाग लिन पाउने छन् ।
- फिचर लेन्थ तथा सर्ट लेन्थ चलचित्र तर्फ तामाङ भाषालाई मुख्य रुपमा प्रयोग गरिएको हुनु पर्नेछ ।
- वृत्तचित्र (डकुमेन्ट्री फिल्म) तर्फ तामाङ लगाएतका चलन चल्तिका वmुनै पनि भाषामा निर्माण गरिएको हुन सक्नेछ । तर विषयवस्तु तामाङ समुदायको हुनुपर्ने छ ।
- चलचित्रहरु अनिवार्य रुपमा नेपाली या अंग्रेजी सब–टाइटिल गरिएको हुनुपर्नेछ । अंग्रेजी या नेपाली भाषामै निर्मित तामाङ विषयबस्तु आधारित फिल्मी सिर्जनामा भने सब–टाइटिल अनिवार्य छैन ।
- चलचित्र मिति २०७५ चैत्र २३ गते देखि वैशाख २२, २०७५ (एक महिना) भित्रमा बुझाई सक्नु पर्नेछ ।
आवेदन बापत कुनै पनि शुल्क बुझाउनुपर्ने छैन । - आवेदन फर्म धधध।तषालभउब।िअयm मार्फत डाउनलोड गर्न सकिनेछ या विस्तृत जानकारीका लागि महोत्सवको वेभ साइटमा हेर्न सकिनेछ ।
यस्तो छ नगद पुरस्कार
१. ग्राण्ड जुरी अवार्ड (सेमरी छोरङान ट्रफी) ५०,०००/-
२. बेष्ट डकुमेन्ट्री अवार्ड (ट्रफी) २५,०००/-
३. बेष्ट सर्ट फिल्म अवार्ड (ट्रफी) २५,०००/–
४. अडियन्स च्वाइस अवार्ड (ट्रफी) १०,०००/–
५. इन्करेज्मेन्ट अवार्ड (ट्रफी) १०,०००/–
महोत्सव सफल पार्न यस्तो छ टिमः
महोत्सव सल्लाहाकार समिति
पूmलमान वल, चलचित्रकर्मी एवं पत्रकार
डा. सचिन घिमिरे, चलचित्रकर्मी, मानवशास्त्री
भविन तामाङ, चलचित्रकर्मी
महोत्सव संचालक समिति
महोत्सव अध्यक्ष: विगेन्द्र वाइबा तामाङ
महोत्सव निर्देशक: जगत तामाङ
महोत्सव संयोजक: मीन वmुमार मोक्तान
आर्थिक व्यवस्थापक: राज डिम्दुङ
सदस्य: पेमा मोक्तान
सदस्य: शान्ति वाइबा
सदस्य: भावना स्याङ्तान
























