आँखामा छारो हाल्ने रूप अनि रंगको के कुरा गर्छ,
लथालिङ्ग छताछुल्ल पार्ने भंग संगको के कुरा गर्छ ।
कतिपय आफ्नै बानी, ब्यबहार कस्तो छ थाहा छैन,
कुदृष्टि र अरुको शंका उपशंका ढंगको के कुरा गर्छ ।
आफैलाई आफू को हो भन्ने कुराको याद ज्ञात कहाँ छ,
शारिरीक बनोटको प्रतेक अंग, प्रत्यङ्गको के कुरा गर्छ ।
प्राकृतिकको सुन्दर सर्बोच्च शिखरमा उभिए तापनि,
माटोको महत्व कति छ आकाश गंगाको के कुरा गर्छ ।
तन, मन, बचन र कर्म कुन कुन अवस्थामा ब्यस्त छ,
एउटै कुरा पुरा नगरे लंकापलंका प्रसंगको के कुरा गर्छ ।
उर्गेन लामा थिङ
हरिहरपुरगढी ७, सिन्धुली
हाल दक्षिण कोरिया
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।