प्रकाश थिङ
बागमती । ललितपुर जिल्लाको बागमती गाउँपालिकाको वडा नम्बर ४, प्युटारको खयरघारी क्षेत्रीय खेल मैदानमा भएको वडा स्तरिय वडा अध्यक्ष फुटबल कप प्रतियोगिता शनिबार सम्पन्न भएको छ। प्रतियोगितामा योङ ब्रदर्श युवा क्लव प्रथम भएको छ ।

छोर्गे युवा क्लबको आयोजनामा भएको उक्त प्रतियोतिा गत चैत्र २० गतेबाट सुरु भएको थियोे । वडा अध्यक्ष फुटबल कप फुटबल प्रतियोगितामा गाउँपालिका भित्रका नौवटा क्लबले भाग लिएका थिए।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सुरु भएको खेललाई बागमती गाउँपालिका र वडा नम्बर ४ प्युटारले आर्थिक सहयोग गरेको थियो ।

प्रतियोगितामा माझखण्ड युवा क्लब इकुडोल दोस्रो, आयोजक छोर्गे युवा क्लब तेस्रो भएको थियो भने सिमले युवा क्लब प्युटार चौथो स्थान हासिल गर्न सफल भए । पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले ७ हजार, चौथो सान्त्वना ५ हजार रुपैयाँ नगद सहिद कप र मेडल प्रमाणपत्र पाएका थिए।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा सूर्यकिरण लोप्चन घोषित भए। उत्कृष्ट डिफेन्डरमा आयोजक छोर्गे युवा क्लबका सुबास घलान भए भने वेष्ट किपरको रुपमा योङ ब्रदर्शका सुवास रुम्बा घोषित भए।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बागमती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चन र उपाध्यक्ष रन्जना घिमिरे, वडा अध्यक्ष नारायण बहादुर घले लगाएतले संयुक्तरूपमा नगद, प्रमाणपत्र र ट्रफी पुरस्कार प्रदान गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।