अशोकबुद्ध लामा
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका भित्र रहेका साहित्यकारहरुको एक भेलाले रोशी साहित्य मञ्चको गठन भएको छ ।

आज (विहिबार) भएको एक भेलाले तिर्थराज थिङ(भोटेको छोरा)को अ ध्यक्षतामा ७ सदस्यीय मञ्चको गठन गरिएको हो ।

मञ्चको उपअध्यक्षमा रचना मोक्तान, सचिवमा अशोक बुद्ध लामा(गुरु), कोषाध्यक्षमा विवेक कुमार लामा, सदस्यहरुमा चिरञ्जीवी अधिकारी, मोनिका थोकर रहेका छन् । एक सदस्य भने पछि मनोनीत गर्ने भएको छ ।

भेलाले मञ्चको संरक्षकमा रोशी गाउँपालिका प्रमुख डि.बी लामा तथा सल्लाहकारहरुमा डा. प्रतीप कुमार मैनाली, तिर्सना मोक्तान, कविराज तामाङलाई चयन गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।