काभ्रे । तामाङ चलचित्र संघको आयोजनामा काभ्रेको भकुण्डेमा शुक्रवार देखि तामाङ चलचित्र महोत्सब सुरु भएको छ ।
सात बर्ष पछि तामाङ चलचित्र महोत्सव काभ्रेको नमोबुद्द नगरपालिकामा हुन् लागेको हो ।
पहिलो र दोस्रो चलचित्र महोत्सव मकवानपुरको हेटौंडामा सम्पन्न गरेको संघले तामाङहरुको बाहुल्य रहेको स्थान काभ्रेमा तेस्रो चलचित्र महोत्वस गरि रहेको छ ।
महोत्सवको पहिलो दिन २ चलचित्र प्रर्दशनीका साथै कलाकर्मीहरु विच आगामी दिनमा के गर्ने भन्ने विषयमा अन्तरक्रिया समेत सम्पन्न भएको छ ।
तामाङ चलचित्र संघका अध्यक्ष एवं कलाकार विकु थोकरको नेतृत्वमा सुरु भएको महोत्सव तीन दिन सम्म चल्ने छ ।
तामाङ चलचित्रहरुको विकास एवं प्रर्वधनका लागि आयोजना हुन् लागेको महोत्सवमा देश भरका तामाङ चलचित्रकर्मीको भेला भएका छन् ।
तामाङ चलचित्रलाई आगामी दिनमा कसरी आधुनिकतामा लैजाने र धेरै भन्दा धेरै दर्शकहरुमाझ लैजान सक्ने बनाउने भन्ने विषयमा वृहत छलफलका साथ आगामी दिनमा यसको विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि महोत्सवमा छलफल भएको थियो ।
हाम्रो कला हाम्रो पन तामाङ चलचित्र हाम्रो पहिचान भन्ने नाराका साथ हुन् लागेको महोत्सवमा आप्लेङगा नाम्सा , रुङसी टिला , सेमरिन मुला माया, श्होङ र सेर्कु नामक ५ चलचित्र प्रर्दशनी गरिने छन् ।
महोत्सवमा तामाङ कला झाँकी बुद्दचित्त माला लगाएत तामाङ खानाहरुको पनि प्रर्दशनी राखिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।