भकुण्डे । तामाङ चलचित्र संघको आयोजनामा काभ्रेको भकुण्डेमा शुक्रवार देखि आयोजना भएको तीन दिने तामाङ चलचित्र महोत्सब धुमधामका साथ सम्पन्न भएको छ ।
देश भरका तामाङ कलाकर्मी जम्मा भएर गरिएको उक्त महोत्सव धुमधामका साथ आइतवार सम्पन्न भएको हो ।
तामाङ कला संस्कृति परम्परा अनी विभिन्न झाँकीका साथ सूरु भएको उक्त महोत्सव कलाकर्मीहरुको विभिन्न प्रस्तुती गर्दै सम्पन्न भएको हो ।


सात बर्ष पछि अध्यक्ष विकु थोकरको अध्यक्षतामा भएको तामाङ चलचित्र महोत्सवले काभ्रेको नमोबुद्द नगरपालिका नै घन्काएको थियो ।
तामाङ चलचित्रलाई आगामी दिनमा कसरी आधुनिकिकरण गर्दै आफ्नो कला संस्कृति अनी परम्परा जोगाउने भन्ने विषयमा वृहत छलफल गर्दै उक्त महोत्सव सम्पन्न भएको छ । हाम्रो कला हाम्रो पन तामाङ चलचित्र हाम्रो पहिचान भन्ने नाराका साथ भएको महोत्सवमा आप्लेङला नाम्सा , रुङसी टिला , सेमरिन मुला माया, श्होङ र सेर्कु नामक ५ चलचित्र प्रर्दशनी गरिएको थियो ।


प्रर्दशित चलचित्रहरुमा आप्लेङला नाम्सा उत्कृष्ठ चलचित्र घोष्णा भएको थियो भने उक्त चलचित्रलाई रु ५१ हजार सहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।
महोत्सवमा तामाङ कला झाँकी बुद्दचित्त माल लगाएत तामाङ खानाहरुको पनि प्रर्दशनी गरिएको थियो ।

पहिलो र दोस्रो चलचित्र महोत्सव मकवानपुरको हेटौंडामा सम्पन्न गरेको संघले तामाङहरुको बाहुल्य रहेको स्थान काभ्रेमा तेस्रो चलचित्र महोत्सव आयोजना गरेको थियो ।


हजारौं दर्शक अनी चलचित्रका शुभचिन्तकहरुको उपस्थितिमा सम्पन्न भएको महोत्सवबाट अवको दशक तामाङ चलचित्रको गुणात्मक दशक बनाउने भन्दै पाँच बुँदे भकुण्डे घोषणापत्र जारी गर्दै आईतवार महोत्सव सम्पन्न भएको छ ।

सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगा वहादुर तामाङ, पूर्व संविधान सभा सदस्य तिर्थ लामा, रोशी गाउँपालिकाका अध्यक्ष एवं कलाकार डिवी मोक्तान आदिवासी  चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार , चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराई, तामाङ चलचित्र संघका सल्लाहकार जेनिश दोङ, प्रकास ब्लोन, संचारकर्मी दिपेन्द्र तामाङ, वरिष्ठ संचारकर्मी तथा कलाकार प्रकाश सुवेदी, समाजसेवी कुमार लामा लगाएतका विभिन्न अतिथिहरुको उपस्थितीमा महोत्सव सम्पन्न भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।