तेमाल अनलाईन संवाददाता,
दक्षिण कोरिया । तामाङ समाज ख्यङसाङनाम्दो/बुसान दक्षिण कोरियाका अध्यक्ष विश्वास ब्लोन ज्युको सम्मान तथा विदाई कार्यक्रम गत आईतबार सम्पन्न भएको छ। अध्यक्ष ब्लोन कोरियाको १० वर्ष बसाई पुरा गरि फर्किने क्रममा तामाङ समाज ख्यङसाङनाम्दो/बुसान दक्षिण कोरियाद्वारा आयोजित उक्त कार्यक्रममा संस्थाका पदाधिकारीहरु लगायत सल्लहाकार ज्युहरुले उहाँको सफल कार्यकालको प्रशांस गर्दै सम्मान पत्र र मायाको चिनो प्रदान गरेर खादा र दोसल्ला ओडाई विदाई तथा सम्मान गरेको छ ।
कार्यक्रममा अध्यक्ष ब्लोनले भावी नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्थालाई सामाजिक कार्यमा थप उचाईमा पुर्याउनु हुनेछ भन्ने आशा व्यक्त गर्दै आफ्नो शुभकामना सहित कार्यभार संस्थाका वरिष्ठ उपाध्यक्ष सुजित घिसिङलाई हस्तान्तरण गरेको छ । साथै संस्थाका उपाध्यक्ष तथा खेलकुद संयोजक धनराज तामाङले आगमी अप्रिल २८ मा हुन गईरहेको दोस्रो बुद्धजयन्ती फूटसल प्रतियोगिताको अन्तिम तयारी पुरा भएको र अप्रिल २१ गते आइतबार दिउसो १२ बजे सम्म टिम दर्ता गरिसक्नु पर्ने सोहि दिन २:३० बजे लक्की ड्र प्रकृियाबाट टाइ सेट प्रकाशित गर्ने जानकारी गराउदै सम्पूर्ण खेलाडी टिमहरूमा यथाशिघ्र टिम दर्ताको निम्ति अव्हान गर्नुभएको छ ।
























