सानै उमेरमा गायन क्षेत्रमा सफलताको सिंढी चढ्दै प्राप्ति

अशोक बुद्ध लामा
रोशी । ५ बर्षको कलिलो उमेरमै ‘देशको बिकास गर्न अघि सरौ’ भन्ने राष्ट्रिय गीत गाएर आफ्नो गायन यात्रा शुरु गरेकी प्राप्ति तामाङ(ब्लोन) यतिखेर चर्चामा छिन् ।

काभ्रे जिल्ला रोशी गाउँपालिका वडा नं ९ मंगलटारमा जन्मिएकी प्राप्तिले गीत, गजल गरी ३ वटा गीत गाईसकेकीछिन् । प्राप्ति रेडियो रोशीको (गायन मञ्च)को ‘सिङगर अफ द मन्थ’, रोशी आइडल बन्न सफल भएकी छिन् । मंगलटारमै रहेको पिसजोन अंग्रेजी स्कुलमा अध्ययनरत उनले विभिन्न स्टेज कार्यक्रहरुमा समेत प्रस्तुति दिइरहेकी छिन् ।

दोस्रो प्रस्तुति ‘सुख दुःख र खुसी बर्षातको पानी’ भन्ने गजल गाएकी प्राप्तिले तेस्रो गीत गीतकार तथा बरिस्ठ गजलकार अटल अनमोल(भोम्जन) शब्द तथा रुप कुमार तामाङको सङ्गीत रहेको ‘डम्फूला चरी सुनखरी, दाया र माया छ मनभरि’ भन्ने सेलो गीतमा मिठो स्वर दिएकी छिन । जुन गीत नयाँ बर्षको अवसर पारेर डम्फू मिडिया हाउसले बजारमा ल्याइसकेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।