पहिलो पटक नेपालमा विशेष प्रदर्शन

काठमाडौं । अभिभावकको माया के हो ? भन्ने विषयमा विदेशी भुमिमा रहेका केटाकेटीको कथालाई समेटेर बनाएको चलचित्र एटीन नेपालमा विशेष प्रर्दशन भएको छ ।
लामो समय देखि बेलायतमा रहदै आएका नेपालीहरुको कथामा आधारित चलचित्र एटीनको विशेष प्रदर्शनी बागबजारस्थित सिटि म्याक्समा शनिवार गरिएको हो ।
प्रदर्शन गरिएको एटीनमा पछिल्लो पुस्ताले बेलायती संस्कृति अंगालेको प्रति देखाइएको छ ।
सन्तानको लागि आफ्नो काममा व्यस्त आमाबुबा र छोराछोरीको बीचमा हुने सामाजिक सम्वाद नहुँदा उनीहरुमा आएको समस्याको विषयमा देखाइएको छ ।
प्रेमिश भिजन युकेको व्यानरमा बनेको उक्त चलचित्रको कथा लेखन र निर्देशन प्रेम घिसिङ तामाङले गरेका हुन् ।
पेमा डोल्कार र तारादेवी लामाले निर्माण गरेको यस चलचित्रमा कलाकारहरू निर्देशक आफै, प्रसुना कडेल, राजदीप राई, अम्बिका राई, सनमकुमार बैराग, प्रतिक दुधराज, रितेश चाल्म्स, क्रिस एप्लेटोन, राज मिहाँ, इन्दु सुब्बा, गोविन्द अर्मजा, तिया गुरुङ, एलबी सुब्बा, स्टेफान सानचेज, मिली एनडरसन, तारा दुमी राई लगायतले अभिनय गरेका छन् ।
चलचित्रको गीत चन्द्रकुमार दोङ र अञ्जु श्रेष्ठले लेखेका हुन् ।
चन्द्रकुमार दोङको संगीतमा गायिका निर्मला घिसिङ र गायक ताराप्रकाश लिम्बुले स्वर दिएका छन् ।
निर्देशक घिसिङ नेपाल तामाङ घेदुङ बेलायतका निवर्तमान अध्यक्ष हुन् ।

चलचित्र युकेको हयारोस्थित सफारी सिनेमा हल लन्डनमा पहिलोपटक प्रदर्शन भएको थियो । यसैगरी चलचित्र नेपालमा भने पहिलो पटक प्रदर्शन भएको हो ।

यसलाई प्रदर्शनमा चाइल्ड स्पेश फाउण्डेशनका अध्यक्ष एवम् अन्तराष्ट्रिय तामाङ परिषदका बरिष्ठ उपाध्यक्ष टासी लामा तामाङले संयोजन गरेका हुन भने रिडाटा प्रालि.ले सहयोग गरेका थिए ।
चलचित्र हेर्न हलमा पुगेका दर्शकलाई रुहाउन सफल भएको उक्त चलचित्र निकै नै मार्मिक भएको दर्शकहरुले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।