तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । नेपाल पर्यटन बर्ष २०२० लाइ प्रबर्दन गर्ने उद्धेश्यले मनाङ परिवार दक्षिण कोरियाद्धारा आईतबार आयोजित बृहत रुपमा हाईकिङ कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकारले २०२० लाई पर्यटन बर्षको रुपमा मनाएर ५ लाखभन्दा बढी पर्यटकलाई नेपाल भित्र्याउन स्वदेश र विदेशमा विविध कार्यक्रमहरु गरिरहेका छन् ।

कार्यक्रम दक्षिण कोरियाको चर्चित हाईकिङ पहाड दुबोङसानमा करिब डेढ सय कोरियावासी नेपालीहरुले एकसाथ हाईकिङ गरेका छन् । कार्यक्रममा भिजिट नेपाल २०२०, नेपालमा घुम्न आउनुहोस लेखिएको प्रिन्ट टिसार्ट, नेपालका पर्यटकीय स्थलहरुको फोटोहरु, ब्रुसर, पम्प्लेट, नेपाल र कोरियाको झण्डा र हाईकिङको ब्यानरसहित करिब ४ घण्टा समय लगाएर ७१८ मिटर आग्लो सहासिक तथा रमाईलो सान (पहाड/हिमाल) हाईकिङ यात्रा गरेका छन् ।

 

हाईकिङ कार्यक्रम समापनका सभामा वमन फर वमनकी अध्यक्ष पदमा श्रेष्ठ, नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाकी अध्यक्ष आस्था बिन्दु मल्ल, गैर आवासीय नेपाली सघं एसिया प्यासिफिक ICC सदस्य प्रकाश धमला र गैर आवासीय नेपाली सघ दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङले मन्तब्य राखेका थिए । मनब्यका क कयरियामा यस खाले कार्यक्रमले नेपालको पर्यटनमा सहयोग पुग्ने नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाकी अध्यक्ष आस्था बिन्दु मल्लले बताएकी छिन् । कोरियामा हाईकिङ कार्यक्रमले पर्यटकको सङ्ख्या बृद्धिसगैं दिर्घाकलीन सोचले सरकार र नेपालीहरु अघि बढ्न जरुरी रहेको गैर आवासीय नेपाली सघ दक्षिण कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङले आशय ब्यक्त गरिन ।

मनाङ परिवार दक्षिण कोरियाका अध्यक्ष, हाईकिङ कार्यक्रमको संयोजक तथा समापन कार्यक्रमको सभापति जेबी लामाले नेपालको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउन, नेपाल पर्यटन बर्ष २०२० सफल पार्न हामी नेपालीहरुले आफ्नो दायित्व निर्बाह स्वरुप आयोजित कार्यक्रममा साथ सहयोग र सहभागीहरुलाई आभरी ब्यक्त गरेका थिए ।

उत्त कार्यक्रममा कोरियामा रहेका विभिन्न नेपाली सघं–संस्थाहरु, पत्रकार, विद्यार्थी, खेलाडी, राजनीतिज्ञ तथा बुद्धिजिवीसमेतको उल्लेख्य सहभागितामा सम्पन्न भएको हो ।