भक्तपुर ।दर्शकहरुले धेरै प्रतीक्षा गरेको माया प्रेम गीत थुङ डान्मा माया ताला भने निकै मार्मिक गीत सार्वजनिक हुने भएको छ।
बैशाख १३ गते शुक्रबार साँस्कृतिक कार्यक्रमका बिचबाट सूर्यविनायकस्थित शुभकामना पार्टी प्यालेस भक्तपुरमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गर्न लागिएको हो ।
तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरको प्रमुख अातिथ्यतामा गीतको सार्वजनिक हुने भएको छ। गीतको गीतकार व्हम्सी एता थान्के म्हान्मु, शब्द ज्ञानदश तामाङ, संगीत निमा दोङको रहेको छ भने स्वर निमा दोङ र जितु लोप्चानको रहेको म्युजिक भडियोमा निर्देशन अजय स्याङतानले गरेका छन् ।
लामो समयसम्म प्रतीक्षा गरिरएको मार्मिक गीत व्हम्सी एता थान्के म्हान्मु सेमतिङ न्हाङला गोन्पोरी भन्ने गीतमा अभिनय हाल निकै चर्चामा रहेकी मोडल निराञ्जली लामा र हिरालाल लामाले गरेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























