काठमाडौं । तामाङ कथानक चलचित्र ’ल्हुई ह्रो’ जेठ ४ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन गरिने भएको छ ।
चलचित्रको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा चलचित्र आगामी जेठ ४ गते पर्दशनी गरिने निर्माण पक्षले जनाएको छ ।
त्रिकोणत्मक प्रेम कथा तथा पारिवारिक प्रेम कथामा आधारित रहेको तामाङ चलचित्र ल्हुई ह्रो पृथक चलचित्र रहेको निर्माण पक्षले जनाएको छ ।
तामाङ समुदायमा निर्माण भएको तामाङ चलचित्रहरू भन्दा पृथक कथामा निर्माण भएको चलचित्र दर्शकहरुको मन जित्न सफल हुने निर्देशक तथा नायक विनायक तामाङको दाबी छ ।

पत्रकार सम्मेलनका तामाङ चलचित्र संघ नेपालका अध्यक्ष विकु थोकरको प्रमुख आतित्थ्यतामा भएको थियोे भने विशेष अतिथि विकास ब्लोन, आसमान वाईवा, दिपा लामा लगाएतका अन्य अतिथिहरु उपस्थिती रहेको थियो ।

चलचित्रमा नायक तथा निर्देशक विनायक तामाङले गर्नु भएको हो भने नायक विनायक तामाङ नायिका संगीता दोङ प्रमुख भुमिकामा देखिने छन् ।
निर्माता धुर्व छिरिङ, सहा निर्मात्री संञ्चकुमारी तामाङले गरेको उक्त चलचित्रमा क्यामरा रेशम दलार्मी मगर, द्वन्द्व राजु किराँत, नृत्य सागर लामा, निर्माण सहयोग शोभितमान लामा, संगीत प्रयास दोङ र कमल तामाङ, शब्द कुमार स्याङवा र प्रतीक मोक्तानको रहेको छ ।
चलचित्रमा काभ्रे, सिन्धुपाल्चोक ,सिन्धुली, काठमाडौं पोखराका मनोरम दृष्यावलोकन गर्न सकिन्छ ।
कथा सेरप लोप्चान पटकथा र संवाद रुपेश थिङ,दिपिका लोप्चानको रहेको चलचित्र तामाङको भाषा खानपान जीवनयापन एवं प्रेम तथा पारिवारीक कथामा निर्माण भएको छ ।

कार्यक्रममा ल्हुई ह्रो को शिर्ष गित ञल्हुइ ह्रो धोसी बोलको गीत र चलचित्रको दुई वटा अफिसियल ट्रेलर नायक तथा निर्देशक बिनायक तामाङको कालिदेवी मिडिया हाउसको आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।