भक्तपुर । बहु प्रतीक्षीत तामाङ गीत ह्वाम्सी एदाको भिडियो सार्वजनिक गरिएको छ ।
लामो समय देखि बहु प्रतीक्षीत तामाङ मेलोडी गीत ह्वाम्सी एदाको भिडियो एक कार्यक्रम विच भक्तपुरमा सार्वजनिक गरिएको हो ।

ज्ञानदास तामाङको रचना रहेको उक्त गीतमा निमा दोङ र जितु लोप्चनको सुमधुर स्वर रहेको छ । निमा दोङको नै संगीत रहेको गीतमा क्यामेरा विक्रम लामा र अजय स्याङ्तानले निर्देशन एवं कोरियोग्राफी र गर्नुभएको थियो । गीतमा मोडल तथा नायक हिरा लाल ह्योल्मो र निराञ्जजली लामाको मुख्य अभिनय देखिन्छ भने गीतको सपना लामाले निर्माण गर्नु भएको हो । यस गीतलाई एतिहासिक स्थल शैलुङ आसपासमा छायांकन गरिएको थियो ।
तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यतामा उक्त गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा अध्यक्ष थोकरले तामाङ चलचित्र एवं गीतको निर्माण गर्दा दर्ता गर्ने प्रचलन बढाउन सके भई हाल्ने भवितव्यलाई राहतको ब्यवस्था गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा बिशेष अतिथि चर्चित तामाङ निर्देशक तथा नायक अमिर दोङ चर्चित नायक कुमार मोक्तान चर्चित संगीतकार तथा गायक बिशाल काल्तान,तामाङ राष्ट्रिय साँस्कृतिक घेदुङका अध्यक्ष शुक्र दोङ बिशाल थिङ तामाङ राष्ट्रिय घेदुङ सञ्चार प्रमुख कर्म लामा गायक फुल कुमार बोम्जान नायिका चाँदनी मोक्तान रोशनी ब्लोन अन्य अतिथिहरुको उपस्थिती रहेको थियो ।
हाइलाइट नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
























