तेमाल अनलाइन संवाददाता,
दक्षिण कोरिया । तामाङ समाज ख्यङ्साङ्नाम्दो/बुसानद्वारा आयोजित “दोस्रो बुद्धजयन्ती फुटसल प्रतियोगिता २०१९ को उपाधि एभरेष्ट एफ.सीले जितेकाे छ ।
कार्यक्रमकाे प्रमुख अतिथि DANA कोरियाका अध्यक्ष Rev. Tankyeong रहेको उक्त कार्यक्रममा आयोजक संस्थाका कार्यबाहक अध्यक्ष सुजित घिसिङको सभापतित्वमा सम्पन्न भएको थियो ।
बिशेष अथिति नागर्जुन गुम्बाका लामा प्रमुख उर्गेन लामा र नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघ प्रसाद वाईवाले बुद्ध र बुद्ध जन्मेको देश नेपाल चिनाउने कार्यक्रम आयोजना गरेकोमा आयोजक तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानको प्रशंसा गर्दै सहभागी सम्पूर्ण टिमहरुलाई शुभकामना दिएका थिए ।
याङ्सान स्थित 평산동 웅상 체육공원 को खेलमैदानमा भएको उक्त प्रतियोगितामा जम्मा २८ टिमको सहभागितामा सम्पन्न प्रतियोगिता दर्शकहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।
खेल एकदमै रोचक र कडा प्रतिस्पर्धात्मक रहेको उक्त प्रतियोगिताको फाइनल र सेमिफ़ाइनल खेलहरु पोल ए बाट एभरेष्ट एफ.सीले फारन एफ.सीलाई पराजित गरेको थियो भने पोल बी बाट डेउ एफ.सीले तामाङ एफ.सीलाई पेनाल्टि सुटआउटमा हराउदै फाईनल प्रवेश गरेको थियो ।
उक्त प्रतियोगिताको फाइनल खेलमा १-० को नतिजा निकाल्दै एभरेष्ट एफ.सीले ट्रफी, मेडल सहित नगद २० लाख वन र उपविजेता बन्दै डेउ एफ.सीले ट्रफी, मेडल सहित १० लाख वन पुरस्कार जितेका छन् ।
























