काठमाडौं । लामो प्रतिक्षा पस्चात तामाङ कथानक चलचित्र छार ग्यालाम राष्ट्रिय नाचघर जमलमा विषेश प्रर्दशनी धुमधामका साथ सम्पन्न भएको छ ।
निर्माता पविना तामाङ र दिपा वाइवा साथै सह निर्मातामा भने बुद्दमाया तामाङ इन्द्रमाया तामाङ कुमारी तामाङले बजारमा ल्याउनुभएको चलचित्र अथाह दर्शकहरुका साथ प्रर्दशनी सम्पन्न भएको छ ।
चलचित्र प्रदर्शनमा पुर्व उद्योग मन्त्री नरेन्द्रराज जोशीको प्रमुख अतिथ्यातामा भएको थियोे भने बिशिस्ट अतिथि पुर्व संसद तिर्थ लामा विशेष अतिथि आदिवासी जनजाति चलचित्र संघका अध्यक्ष अमृत सुनुवार तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर, तामाङ कलकार संघका अध्यक्ष सञ्जिव वाईवा ,इन्द्रावती नगरपालिका प्रमुख बन्सा लाल तामाङ , तामाङ नयाक तथा निर्देशक अमिर दोङ नायक कुमार मोक्तान , संगीतकार तथा गायक बिशाल काल्तान गायक विशाल थिङ, विभिन्न संघ संस्थाका प्रतिनिधि, कलाकार पत्रकार एवं अन्य कला प्रेमीहरुको उपस्थिती रहेको थियो ।
कोशीपारी फिल्म प्रा.लिको प्रस्तुतिमा सागर लामा गोलेको छार ग्यालाम सामाजिक चेतनामुलक कथा वस्तुमा आधारित चलचित्र हो । चलचित्रको कथा पटककथा धनवहादुर तामाङ(सागर) रहेको छ । तामाङ र नेपाली भाषामा निर्माण भएको उक्त चलचित्रमा धन बहादुर तामाङ (सागर)ले नै निर्देशन गर्नु भएको छ भने बुद्ध स्याङवा, सुदिप न्यासुर, प्रयास दोङको संगीत दिनुभएको छ । चलचित्रमा द्घन्द राजु किराँतको सम्पादन तुल्सी बास्कोटाको ,छायांकन लक्ष्मण घिमिरेको रहेको छ ।
रमेश थापा र विर वहादुर लामाको नृत्य निर्देशन रहेको चलचित्रमा तीन गीत समेटिएको छ ।
चर्चित नायक कुमार मोक्तान, राहुल मोक्तान र नायिका सुनिता लुङ्बा र संगिता दोङको मुख्य अभिनय रहेको उक्त चलचित्रमा धुर्व तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दिपा वाइवा, सुर्य बहादुर तामाङ र प्रकाश श्रेष्ठ लगाएतका अन्य कलाकारको पनि चलचित्रमा अभिनय रहेको छ ।
चलचित्र उत्कृष्ठ भएको भन्दै दर्शकहरुले अव चलचित्र कहिले पुन प्रर्दशनी गरिने भनेका थिए । चलचित्र छिटै नै अर्को प्रर्दशनीको तयारीमा आफूहरु जुटेको निर्माण पक्षले जनाएको छ ।
चलचित्र प्रर्दशनी कार्यक्रममा चलचित्र पत्रकार जयन कुमार मोक्तानलाई चलचित्र प्रोत्साहन गरे बावत सम्मान गरिएको थियो ।



















